जिब्रो जोगाउन नसकेका ओलीको प्रश्न‘मैले समृद्ध नेपालको योजना बुन्न र सपना देख्‍न पनि नपाउने ?
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम पुष २८/प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले भोगिरहेको सकस र पीडा आफूले अनुभव गरेक बताए जनता यतिबेला कस्तो सकसमा बाँचेका छन् मलाई राम्रोसँग थाहा छ । उनले भने त्यसबाट मुक्त बनाउन योजना बनाउँदा र त्यसबारे बताउँदा मजाक सम्झेर मलाई निकै उडाइयो । नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं प्राज्ञसभामा ओलीले यस्तो चिन्ता व्यक्त गर्दै आफूले आधुनिक नेपालका योजना र सपना बताउँदा संचारमाध्यमले त्यसलाई गलत रुपमा तोडमोड गरेर उडाएको आक्रोश समेत पोखे । प्रधानमन्त्री ओलीले भने मैले समृद्ध नेपालको योजना बुन्न र सपना देख्‍न पनि नपाउने ? जे कुरा गरे पनि उडाउने ? जति उडाए पनि म काम गरेर देखाउँछु । ओलीले आफूलाई हास्यकलाकारलाई माथ गरेको भनी आएका चर्चा र टिप्पणीप्रति संकेत गर्दै भने यहाँ राम्रो कुरा गर्नै नहुने भो । जिब्रो नै थुत्लान् जस्तो गर्छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्