अब नाकामा होईन शहरम आन्दोलन
Advertise Here Book Now

ओंल्लिने सिरहा डटकम पुष २०/नाका अवरुद्ध गरेर आन्दोलन गर्दै आएको संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब मुलुकका प्रमुख शहरहरुमा आन्दोलन गर्ने भएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अब बस्ने बैठकले आन्दोलनको स्वरुप परिवर्तन गरेर शहर केन्द्रीत शसक्त आन्दोलन सुरु गर्ने बताए । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले यति लामो आन्दोलन हुँदा पनि राज्यले नसुनेकोले अबको आन्दोलनको काठमाडौ, पोखरा, नेपालगञ्ज, विराटनगर, बीरगञ्ज जस्ता ठूला शहरहरुमा केन्द्रीत गर्ने बताए । उनले भने,‘अहिले जाडो छ, जाडो कम हुने वित्तिकै हामी शहर केन्द्रीत अझै शसक्त आन्दोलन गर्छौ । ’ यादवले तीन दलले गठन गरेको कार्यदलमा मोर्चाका तर्फबाट प्रतिनिधि नदिने भन्दै त्यो कार्यदल गठन पुरानै ढाट छलको राजनीति भएको बताए । उनले आफूहरुको माग कार्यदलबाट पुरा हुन नसक्ने भन्दै राज्य अझै जिम्मेवार नभएको र झुक्याउने रणनीतिमा मात्रै रहेको दावी गरे ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्