राजेन्द्र महतो मेदान्त अस्पतालमा, ७ जना विज्ञ चिकित्सक उपचारमा संलग्न
Advertise Here Book Now
काठमाडौं, पुष १८ । मधेसी मोर्चाका शीर्ष नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल भन्दा भारतमा राम्रो उपचार हुने भन्दै घाइते महतो शुक्रबार दिल्ली प्रस्थान गरेका थिए । गत पुष ११ गते जोगबनी नाकामा धर्नामा बसेको बेला प्रहरीको लाठीबाट महतोको टाउको र शरीरमा चोट लागेको थियो ।
दिल्लीस्थित मेदान्त अस्पतालको अर्थो–ट्रमा युनिटमा भर्ना गरेर महतोको स्वास्थ्य परीक्षण थालिएको महतो निकटजनले जनाएका छन् ।
अन्य अवस्था सामान्य भएपनि प्रहरीको लाठी लगेका भागहरुमा समस्या देखिएको उनले बताए । “विभिन्न ठाउँमा सुन्निएको निको भएको छैन । हातका औंलामा फ्र्याक्चर देखिएको छ । टाउकोको विस्तृत जानकारी आउन बाँकी छ ।”
महतोलाई रक्तचाप, सुगर, स्नायु रोगलगायतका ७ विज्ञ चिकित्सकले एकैसाथ जाँच गरिरहेको मेदान्तका चिकित्सको भनाई उद्दृत गर्दै कान्तिपुर दैनिकले जनाएको छ ।
महतोलाई रक्तचाप, सुगर, स्नायु रोगलगायतका ७ विज्ञ चिकित्सकले एकैसाथ जाँच गरिरहेको मेदान्तका चिकित्सको भनाई उद्दृत गर्दै कान्तिपुर दैनिकले जनाएको छ ।
महतो पूर्व स्वास्थ्यमन्त्री समेत हुन । नेपालमा राम्रो उपचार हुन नसकेको भन्दै सद्भावना पार्टीका नेता तथा निकट चिकित्सकहरुको सल्लाहमा उनी दिल्ली प्रस्थान गरेका थिए ।