सरकारसंग लड्न मधेसी फोर्स गठनमा तिब्रता
Advertise Here Book Now
पुस १८। तराइ मधेसमा जारि आन्दोलनमा दमन बढेको ठहर गर्दै सरकारसंग लड्न युवा विद्यार्थीहरुको ‘मधेसी फोर्स ‘ गठन गरिएको छ। रौतहटको चन्द्रपुर् नगरपालिका वार्ड न १२ मा सेखफुल बाबुको अध्यक्षतामा मधेसी विद्यार्थी फोर्सको २९ सदस्य रहेको कार्यसमितिको गठन गरिएको छ। श्री शुवलाल भागवत मावि विधालय सन्तपुरको प्रांगणमा भएको एक कार्यक्रमबाट उक्त फोर्सको गठन गरिएको हो। तराइका जिल्ला भर फोर्सगठन गर्ने क्रममा रहेका उक्त कार्यक्रममा सयौ कार्यकर्ताको उपस्थिति रहेको समाचार प्राप्त भएको छ। जिल्ला कमिटि सदस्य फुलबाबुको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमबाट गठित कमिटिको संयोजकमा अफताब आलम, स—संयोजकमा विजय सहनी, सदस्यहरुमा उमेश यादव, श्याम महतो, संजय वैठा सहितको विधार्थीहरुको नाम शामिल गरिएको छ । कार्यक्रममा बिगत ४ महिना भन्दा लामो समय देखि जारि रहेको मधेस आन्दोलनमा जिवन बलिदान गरेकाहरुको सम्झनामा मौनधारण गरिएको थियो।