छुट्टै मधेश देशको लागी जनमतसग्रह शुरु
Advertise Here Book Now

स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सिके राउतले तराई मधेशका जिल्लामा छुट्टै मधेश देशका लागी जनमतसंग्रह सुरु गरेका छन् ।
नेपालको तराई भुभाग झापादेखि कंचनपुरसम्मको २२ जिल्ला नेपालको अधिनमा नरहेको भन्दै २०६१ साउन १० गतेदेखि जयकृष्ण गोइत भुमीगत भई शसस्त्र संघर्ष गर्दे आइरहेको छ । भने जापानको टोकियो विश्वविद्यालय र वेलायतको क्यामब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरेका डा. राउतले अहिंसात्मक आन्दोलन गर्दे आइरहेको छ ।
८४  हजार ६ सय ९१  जना सकृय सदस्य र २० लाख भन्दा बढी सर्मथक रहेको दाबी गर्दे आइरहेका राउतले केहिदिन यता मधेशमा जनमतसंग्रह शुरु गरेका छन । स्थायी शान्तिका लागी एकमात्र विकल्प जनमतसंग्रह भएको बताउदै आएका राउतले नेपाल सरकारलाइ पटक पटक जनमतसंग्रहका लागी आग्रह गरेको र राज्यले वेवास्ता गरेपछि आफैले जनमतसंग्रह शुरु गरेका छन ।मधेशका जिल्लाहरुमा प्रत्येक गाविस, नगरपालिका र उपमहानगरपालिको वडास्तर देखि नै जनमतसंग्रह सुरु गरिएको छ । जनमतसंग्रहमा सर्वसाधारणको उल्लेख्यि सहभागीता रहेका छन् ।
प्रत्येक वडामा मतदान केन्द्र बनाएर गर्न लागेको जनमतसंग्रहका लागी दुई प्रश्न तय गरिएको छ ।“मधेश छुट्टै देश हुने कि नेपालको गुलामी भएर बस्ने “भने प्रश्नमा तराई मधेशमा बसोबास गर्ने अधिकांस सर्वसाधारण छुट्टै मधेश देशका लागी मतदान गरिरहेको बुझीएको छ ।
मधेश आन्दोलन १५० दिनमा प्रवेश गर्दा पनि राज्यपक्ष मधेशी माथी बर्वर दमनमा उत्रेको र मधेशी समुदायको जायज माँग पुरा गर्नु भन्दा आन्दोलन दवाउन सेना र प्रहरी परिचालन गरेको कारण मधेशी समुदाय डा. राउतको अभियानमा बढी सकृयता देखाएको हुनसक्ने प्रा.अमरकान्त झा बताउँछन् ।
पाँच चरणमा गर्ने भनिएको जनमतसंग्रहको शुरुवात सप्तरी र सिरहा जिल्लाबाट गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्