मधेशलाई सरकारले सौताको रुपमा लियो-युवा नेता सुरेश मण्डल
Advertise Here Book Now
काठमाडौं–१५२ दिन लामो आन्दोलनलाई सरकारले बेवास्ता गरेको भन्दै तमलोपा युवा नेता सुरेश मण्डलले असन्तुष्टि जनाएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता मण्डलले १५२ दिनदेखिका लामो र वारपारको आन्दोलनलाई सरकारले सम्बोधन नगर्ने हो भने तराई थप समस्यामा पर्ने चेतावनी दिए। 'लामो आन्दोलनलाई सरकारले सम्बोधन नगर्दा जनतामा निरासा पैदा भएको छ,' उनले भने,' तराइका जनतामा आफ्नो सरकार कुन हो भन्ने स्थिति आउन नदिन पनि सरकारले मधेसको माग बेलैमा सम्बोधन गर्नुपर्छ।' मधेसमा तीन प्रकारको राजनीकि शक्ति रहेको भन्दै उनले अहिलेसम्म मधेसी मोर्चाको नियन्त्रणमा रहेको आन्दोलनलाई सरकारले सम्बोधन नगर्ने हो भने मधेस अराजकतारित जानसक्ने बताए। 'तराईमा तीन वटा शक्ति छन्,' उनले भने,' एउटा मधेसी मोर्चा, अर्को सिके राउत र अर्को जयकृष्ण गोइतको समुह छ। मोर्चाले नेपालभित्रै स्वायत्त मधेस प्रदेश खोजेको भन्दै उनले मोर्चाको माग पुरा नभए विखण्डनको माग लिएर हिडेका समुहको हातमा मधेस जानसक्ने बताए। उनले सरकारले मधेसी माथि शंका गरेर समस्या समाधान नगरेको आरोप लगाए। 'मधेसी जनतालाई वर्तमान सरकारले नै शंकाको दृष्टिले हेरेको छ,' उनले भने।