मधेसी मोर्चाबाट भारतीय गाडीमा बम प्रहार
Advertise Here Book Now

गाडी चालकलाई निकालेर कुटियो
गोलबजार (सिरहा): पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका-९ मा सोमबार बिहान मधेसी मोर्चाका कार्यकर्ताले दुईवटा भारतीय गाडीमा तोडफोड गरी पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेका पिबी २९ के ९७२२ नम्बरका भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका हुन् । 
 
बम प्रहारबाट कन्टेनरको सिटलगायत केही सामान जलेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 
 
साथै तोडफोडबाट गाडीको सिसा फुटेको छ । गाडीका चालक भारतीय नागरिक कलबिन्द सिंहलाई मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर कुटपिटसमेत गरेका छन् । 
 
यस्तै सोही ठाउँमा पिबी २९ आर ९२७२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् । रासस 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्