सिरहाको किसान चिन्तित आलु खेतिमा पाला रोगको संक्रमण देखिन थालियो
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम श्रीकान्त झा , सिरहा माघ १०/ सिरहा सहितका स्थानहरुमा एकाएक लगातारको चिसोसंगै बढेको शितलहरका कारण सिरहाका किसानले लगाएको आलु लगायतका तरकारी बाली नष्ट हुन थालेको छ । नगदे बालीका रुपमा रहेको आलु , टमाटर, काउली , भान्टा लगायतका तरकारी खेतीमा चिसोसंगै एकाएक पाला रोगको संक्रमण देखिन थालेपछि लाखौ रुपैया नोक्सानी हुने डरले सिरहाका किसान चिन्तित बनेका छन् ।जिल्ला कृषि विकास कार्यालयले पनि किसानहरुलाई पाला रोगबाट तरकारीलाई जोगाउन प्राविधिक सहयोग प्राप्त नभएको किसानहरुको गुनासो छ । सिरहाका किसानले अनुमानित आधा भन्दा वढी क्षेत्र फलमा व्यवसायीक रुपमै आलु टमाटर लगायतका तरकारी खेती गर्दै आएका छन् । सिरहा जिल्लाको मिर्चैया नगरपालीका वार्डा नम्वर ११ सितापुर निवासी किसान उमेश्वर प्रसाद शिहं भन्नु हुन्छ — मेरो १० विगहा जति जग्गा छ जस्मा १० कठ्ठामा आलु खेति अरु वर्ष जस्तै यस वर्ष पनि लगाएक छु तर चिसो हुसोको कारण सवैआलुमा रोग लागन थालेको छ तर हामी गाँउ घरमा वसोवास गर्ने भएकोले जिल्ला कृषि विकास कार्यालयले अनुगमन कहिर्लै पनि नरेकोले हामी कसरी आलुलाई रोगवाट जोगाउछु भन्ने चिन्तित भएको किसान शिहंले वताए ।