मधेशी नेताहरु मजफरपुरबाट पटनाको लागि प्रस्थान, महागठबन्धन बनाएर निर्णायक आन्दोलन गर्ने भारतीय नेताहरुकोे सुझाव
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम माघ १८।भारत
विहारको मजफरपुरमा आज (आइतबार) मिडिया एवं बोर्डर हारमोनीले आयोजना गरेको
‘मधेश आन्दोलनमा भारतीयको भुमिका’ विषयक कार्याशाला गोष्ठीमा सहभागी भारतीय
नेताहरुले मधेश आन्दोलनलाई निर्णायक बनाउन महागठबन्धन बनाएर अगाडी बढ्न
सुझाव दिएका छन् ।
सो गोष्ठीमा सहभागी
हुन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका
अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय
यादव र तमलोपाका प्रतिनिधि एवं सभासद् जंगी राय यादव शनिबार नै मजफरपुर
पुगेका छन् ।
मधेशमा जारी आन्दोलन ६ महिना पुगि सक्दा पनि मधेशको जायज माग पुरा गर्न
ठूला तीन दल र सरकारले व्यवस्था गरेको र शान्तिपुर्ण आन्दोलन माथि चरम दमन
भईरहेको गोष्ठीको निष्कर्ष रहेको सहभागी एक नेताले बताए ।
आयोजक मध्येका एक राष्ट्रिय जनता दलका उपाध्यक्ष एवम् भारतका पुर्व
केन्द्रिय मन्त्री रघुबंश प्रसाद सिंहले टेलिफोनमा संक्षिप्त कुराकानी
गर्दै मधेश आन्दोलनलाई सशक्त र निर्णायक बनाउन मधेशी नेताहरुलाई बोलाइएको
बताए । उनले भने ‘यहाँ जसरी हामी विहारको चुनावमा मोदीलाई प्रास्त गर्न
महागठबन्धन बनायो । त्यसरी नै तपाईहरु पनि सबै आन्दोलनकारी शक्ति मिलेर
महागठबन्धन बनाउनु तपाईहरुको जित सुनिश्चित छ गोष्ठीमा विहारका मुख्य
मन्त्री नितिश कुमारको जनता दल युनाईटेड, काँग्रेस आई, मोलायम सिंह यादवको
समाजवादी पार्टी लगायत आठ वटा पार्टीका शिर्ष नेताहरु सहभागी थिए ।
तराई मधेशबाट सहभागी हुन पुगेका शिर्ष नेताहरु मजफरपुरबाट आजै पटनाको लागि प्रस्थान गरेका छन् । मधेशी मोर्चाका नेताहरु सित आउँदो मंगलबार विहारका मुख्य मन्त्री नितिश कुमार र राजदका सुप्रिम लालु प्रसादसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
गोष्ठीमा मधेश संग सिमाना जोडिएको भारतको उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, सिक्किम र विहारका मन्त्रीहरुको समेत सहभागिता रहेका छन् ।