बलियो बन्दै मोर्चा, फेरी मिसिए तीन दल
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन १ । आन्दोलनरत सयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा मेधेस केन्द्रित तीन दल थपिएका छन् ।
नयाँ संविधानप्रति बिमति जनाउँदै आन्दोलनरत मोर्चामा तराई–मधेस केन्द्रित साना तीन संसदीय पार्टीहरु थपिएका हुन् । बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनबीच भएको छलफल पछि गठबन्धनमा आवद्ध तीन संसदीय दल मोर्चामा थपिने निर्णय गरेका हुन् ।संसदमा प्रतिनिधित्व गर्ने शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी दल, अनिलकुमार झाको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक मोर्चामा सामेल हुन लागेका हुन्।
तराई–मधेसमा आन्दोलनरत महागठबन्धनको प्रयास भइरहेको बेला मोर्चा भित्रै नै तीन दल समावेश हुन सहमत भएका हुन्।
उक्त गठबन्धनमा रहेर पनि संसदमा प्रतिनिधित्व गर्न नसकेकोको जयप्रकाश प्रसाद गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानलाई भने मोर्चामा समावेश गराउने काम भएन । बिजुलीबजारमा भएको उक्त छलफलमा साना तीन दल मध्ये झा र यादवको उपस्थिति रहेको थियो।
भण्डारी भने मुलुकबाहिर रहेकाले उपस्थित हुन सकेनन्। ‘संसद भित्र रहेका दल मात्रै मोर्चामा रहने भनिएपछि गुप्ताजीको पार्टी मोर्चामा समावेश हुन सकेन,’ एक सहभागीले भने, ‘उहाँलगायत संसद बाहिर रहेका अन्य दललाई अर्को ढंगले समावेश गरिनेछ ।