मोर्चाविरुद्ध जेपी गुप्ता नयाँ रणनीति बनाउँदै
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम फागुन २। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध पार्टीहरुलाई तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले सत्ता समर्पण र मुद्दा विसर्जनवादीको संज्ञा दिँदे आएका छन् । यसबीचमा जेपी गुप्ताले निर्माण गरेको संघीय समावेशी मधेशी गठबन्धनलाई टुक्रयाएर त्यसभित्रका तीन दल मधेशी मोर्चामा समाहित भएपछि गुप्ता छुट्टै रणनीतिमा लागेका छन् । मधेश आन्दोलनलाई निर्णायक र परिणाममुखी बनाउनका लागि गुप्ताले थालेका महागठबन्धन निर्माण अभियान तुहिएपछि मोर्चाविरुद्धमा खनिएका छन् । गठबन्धनका शरत्सिंह भण्डारीको रामसपा, अनिल झाको नेसपा र राजकिशोर यादवको फोरम गणतानित्रक मोर्चामा समाहित भएपछि गुप्ता अहिले एक्लिएका छन् । उनले सामाजिक सञ्जालमार्फत मोर्चा विस्तारको स्वागत गरेपनि मोर्चाका नेताहरुको नियतमाथि प्रश्नचिन्ह खडा गरेका छन् । गुप्ताले सत्ता समर्पण–मुदा विसर्जनवादी सोच विरुद्ध एक हुन आह्वानसमेत गरेका छन् । यही फागुन ४ गते मंगलबार विराटनगरमा तमरा अभियानसम्बद्ध केन्द्रीय समितिका सदस्यहरु, झापा, सुनरी र मोरङ जिल्ला संयोजकहरु र युवा अभियानका जिल्ला संयोजकहरु मात्र उपस्थित हुने गरी गुप्ताले विशेष बैठकको आह्वानसमेत गरेका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्