बन्द खुले पछि सिरहाका सरकारी कार्यालयहरुमा सेवागा्रहीरुरुको भिड
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ४ फाल्गुन ।लामो बन्द पश्चात् सरकारी कार्यालय खुलेपछि कार्यालयहरुमा सेवाग्रहीहरुको भिड् लागेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विगत ६ महिनादेखि जारि बन्द स्थगित भएपछि सिरहा सहित तराई मधेसका सरकारी कार्यालयहरुमा अहिले सेवाग्रहीहरुकोे भिड लागेको हो । लामो समयदेखि आन्दोलनका कारणले थाति राखेको काम सिरहाका सम्पूर्ण कार्यालयहरु खुलेपछि सर्वसाधारणले राहत महसुस गरेका छन् । नेपाल विद्युत प्राधिकरण वितरण सिरहाले बन्द अवधिको रकम बन्द खुलेको एक साताभित्र बुझाउ“दा ३ प्रतिशत छुट दिने भएपछि महसुल उठाउने ठाउ“हरुमा भिड लाग्ने गरेको छ । बन्द खुलेपछि विद्युत प्राधिकरण लहान, गोलबजार, मिर्चैया, सिरहा लगाएयका ग्राहक सेवा केन्दहरुमा महसुल बुझाउनेहरुको भिड लागेको छ । त्यस्तै, जिल्लाका मालपोत, नापी, आन्तरिक राजश्व कार्यालय, यातायात कार्यालय, बिद्युत कार्यालय तथा जिल्ला प्रशासन कार्यालयहरुमा सेबाग्राहीको बढी भिड लाग्ने गरेको छ । विद्युत प्राधिकरणले सिरहा जिल्लाबाट सहज अवस्थामा मासिक महिनामा २ करोड ५० लाख सम्म उठाउ“दै आएको भएपनि अहिले दैनिक एक करोडको हाराहारीमा महसुल उठिरहेको लहान शाखा प्रमुख माधव प्रसाद यादवले बताउनु भयो ।
बन्द अवधिभरको विद्युत महसुलमा लाग्ने जरिवाना छुट गरेकाले पनि महसुल बुझाउनेको भिड लागेको प्रमुख यादवले बताए । उहा“ले माघ २८ गतेदेखी ७ दिन सम्म बन्द अवधीको विद्युत महसुलमा ३ प्रतिशत दिनछुट गर्ने निर्णय तथा ८ औं दिनदेखी २२ दिनसम्म जरिवाना नलिने व्यवस्था मिलाएको जानकारी दिनुभयो । अहिले विद्युत प्राधिकरण वितरणले जिल्लाका सवै केन्द्रहरुबाट बिहान ८ बजेदेखी बेलुका ६ बजेसम्म महसुल बुझ्ने व्यवस्ता मिलाएको छ । प्रधिकरणका अनुसार बन्द अवधीको मात्र करिब १२ करोड महसुल असुल गर्न बा“की रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्