अवैध समान सहित दुई भारतीय पिकअप र चालक पक्राउ
Advertise Here Book Now
राम
नारायण पंडित, सिरहा, ०५ फाल्गुन ।सिरहा प्रहरीले अवैध समान सहित दुई वटा
भारतीय नम्बर प्लेटको पिकअप भ्यान र चालकलाई पक्राउ गरेको छ । पूर्वपश्चिम
राजमार्ग अन्तर्गत सिरहा चन्द्रअयोध्यानगर १ स्थित राजमार्गबाट मंगलबार
राति प्रहरीले अवैध समान सहित दुई वटा भारतीय नम्बर प्लेटको पिकअप भ्यान र
चालकलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय
गोेलबजारका प्रहरी निरिक्षक संतोष निरौलाको कमाण्डमा खटिएको प्रहरीको गस्ती
टोलीले सवारी चेकजाँच गर्ने क्रममा मिलका इलेक्ट्रोनिक लगायतका अवैध सामान
सहित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको बीआर ३२ बी ९३९७ नम्बरको महेन्द्र
पिकअप भ्यान र बीआर ०७ जीए १८७१ नम्बरको महेन्द्र पिकअप भ्यान र चालकलाई
नियन्त्रणमा लिएको हो ।
सवारी
चेकजाँच गर्दा सो भ्यानमा मिलका इलेक्ट्रोनिक लगायतका सामान फेला पारेको छ
। समानको बिल फरक फरक पाइएकाले दुवै भ्यान सहित भ्यान चालक भारत विहारको
मधुबनी जयनगर ग्राम पञ्चायत ९ निवासी २२ वर्षीय अजय यादव र भारत विहारकै
मधुबनी उस्राही ग्राम पञ्चायत २ निवासी २९ वर्षीय अशोक यादवलाई नियन्त्रणमा
लिएको ईलाका प्रहरी कार्यालय गोेलबजारका प्रहरी निरीक्षक निरौलाले जानकारी
दिनुभयो । उनीहरुलाई आवश्यक छानबिन गरी आवश्यक कारबाहीको लागि राजस्व
अनुसन्धान पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरी पठाउने तयारी भईरहेको
प्रहरीले जनाएको छ ।