स्थानीय सवारी साधन चल्ने, मोर्चाको आन्दोलन मथ्थर
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम लहान, २१ माघ । करिब ६ महिनादेखि स्थानीय सवारी साधन पूर्णरुपले ठप्प रहेको छ । तर, रात्री सवारी साधन प्रहरीको स्कर्टीगमा रातभरी चलिरहेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आम हड्तालसाथै सवारी साधन ठप्प कार्यक्रम राखेर आन्दोलनमा रहेको छ । आन्दोलनको कारण हजारौं सवारी साधनले ६ महिनामा बैंकलाई बुझाउंनुपर्ने किस्तासमेत अलपत्र भएको अवस्था रहेको म्याजिक व्यावसायी लहानका अध्यक्ष बेचन यादव बताउंछन् । व्यावसायी यादवले भने ‘आन्दोलनमा हाम्रो साथ छ, तर हाम्रो क्षतिपूर्ती कसले दिने ?’ बैंकको व्याज मिनाहा गराएपनि हामीलाई राहत हुन्छ । यसको लागि मोर्चाले हामीलाई सहयोग गर्नुपर्छ ।’
यता, सगरमाथा यातायात संघ, लाहानको सभाहलमा आज सुरक्षा निकाय र मोर्चासहित सर्वदलीयका प्रतिनिधिहरुले स्थानीय वस चलाउंन छलफल गरेको छ । प्रजिअ डा.मानवहादुर बीकेका सभाध्यक्षतामा बसेको सर्वदलीय बैठकले बिशेषतः जिल्लामा यातायात सेवा संचालन गर्ने तथा ईन्धनमा भैरहेको कालाबाजारी नियन्त्रण गरी बितरणलाई ब्यवस्थित गर्ने निर्णय गरिएको छ । उता, मोर्चाका एक घटक सद्भावना पार्टीका सिरहा जिल्ला अध्यक्ष रामबहादुर महतोले भने ‘हाम्रो आन्दोलन जारी छ , तत्काल बन्द खोलिने कुनै निर्णय नभएकोले दूई चार दिन सवारी साधन नचलाऔं ।’ ‘चलाऔं भने यसको जिम्मेवारी हामीले लिन नसक्ने बताउंछन् ।
माघ ५ गते लहानमा भएको बलिदानी दिवसको क्रममा संघीय समाजवादी फोरम