लहान सिटी जेसीज धरापमा, शान्ति खोज्दा द्धन्द्ध
Advertise Here Book Now
दिनेश्वर गुप्ता लहान ३ फागुन । जेसीजमा लागेर संसारको मानिस नेतृत्व विकास गर्छन् । तर, लहान सिटी जेसीजमा राजनीतिक र रणनीतिको फोहरी विकास गर्ने मौका पाउंछन् । आज यसैलाई प्रमाणित गरेर देखाइएका छन् यहांका जेसी सदस्यहरु । लहानमा स्थापना भएको समयमा सिटी जेसीज राप्रपा सर्मथकहरुको काखमा यौवनास्था पाएका थिए । र, केही कांग्रेसीहरुको मलजलले तन्किदैं गएको लहान सिटी जेसीज अहिले मधेशवादीहरुको कबचमा आएको छ । मधेशवादीहरुमा धेरै नेता भएका कारण तनातान गर्दै जेसीजलाई तीन थानको अवस्थामा पुर्याएको छ । जो मधेशवादी केही राप्रपाबाट आएर आफुलाई मधेशका हिमायती नेताको रुपमा पहिचान गराउंदै आएका छन् । यस खेलमा केही एमाले पनि नभा होइनन् । जो अहिले मधेशवादी भएर अडान कसिरहेका छन् । विगत आधा दशकदेखि लहान सिटी जेसीजमा नराम्रो रणनीति चलिरहेको छ । जसको कारण कति जेसीहरु जुन कर्मचारीका तलब खाइरहेका छन् तिनीहरुको जीवन धरापमा छन् । कतिको पेशा विस्फोटनमा छन् त कतिको नेतृत्व विकासमा ठूलो आंच आउंने काम भइरहेको छ । यसको प्रमुख कारण उमेर बढाएर लहान सिटी जेसीजको अध्यक्ष भएकाहरु गम्भिर मौनता कसेका छन् । आज लहान सिटी जेसीजको साधारणसभा थियो । जसमा अध्यक्षको लागि शंकर गुप्ता, सन्तोष साह र विजय चौधरीको उम्मेदवारी रहेको थियो । यसको लागि निर्वाचन प्रक्रियाबाट अध्यक्ष छनौट गर्ने प्रावधान अगाडि नबढाउंदै लहान सिटी जेसीजका संस्थापक अध्यक्ष बसन्त साहले जिल्ला प्रशासन कार्यालय सिरहाको पत्र वाचन गरेर सुनाए दिए । त्यतिकैमा जारी साधारणसभालाई रोकेर सम्बन्धित जेसीहरु सात दिनभित्र आफ्नो वास्तविकता कर्तुतको छलफल गर्न प्रशासनमा हाजिर हुन् भनेपछि आजको निर्वाचन स्थगित भएको छ । विगतका आधा दर्जन अध्यक्ष यस्तै ४० भन्दा बढी उमेरका जेसीहरु अध्यक्ष भएका थिए । आज शंकर गुप्तालगायतका उम्मेदवारको समेत उमेर बढी भएको भन्दै यसअघि अदालतमा निवेदन परेको थियो । त्यतिखेर पनि जेसीजको साधारणसभा स्थगित भएको थियो । यहां लहान सिटी जेसीजमा व्यापक राजनीतिक र रणनीतिको फोहरी खेल भइरहेको भन्दै केही पूर्व अध्यक्षले जेसीजबाट सन्यास लिएको समाजिक संजाल फेसबुकमा आफ्नो स्टाटस दिएको छ । केही दिनअघि जेसीजले मधेश र मधेशीको भावना विपरित कार्यक्रम गरेको भन्दै लहानको सहिद चौकमा व्यानर हटाएर कार्यक्रम गर्न दिएको थियो । आजको साधारणसभाका प्रमुख अतिथी फोरम नेपालका बैद्यनाथ साह रहेका थिए । लहान सिटी जेसीजका सदस्यबीच यही कारण आपसी बोलचाल बन्द छ भने नेतृत्व विकासको ठाउंमा राजनीतिकको फोहरी गोटीले आपसी द्धन्द्ध बढेको छ । यही अवस्था रहियो भने लहान सिटी जेसीजमा सदस्यबीच कटाकाटको अवस्था अघि नबढला भन सकिदैन् । शान्तिको निर्माणको चला तो स्वार्थमा डुबेर जेसीजलाई नै धरापमा पार्ने अवस्थामा पुगेका छन् यहां ।