फेरी सात युवती विमानस्थलबाटै भए बेपत्ता
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन
९ । श्रीलंकाको अध्यागमनले फर्काएका सात नेपाली युवतीलाई इन्डियन
एयरलान्सका कर्मचारीको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट
फेरि भगाइएको छ । ती युवतीलाई गत बिहीबार श्रीलंका अध्यागमनले इन्डियन
एयरलान्सबाट फर्काइदिएको थियो ।विमानस्थलबाटै फरार हुनेमा ललिन तामाङ, कमला
तामाङ, मिङ्मार तामाङ, तेम्बासाङ्मु तामाङ, नगिञ्चोक तामाङ, छिरिङ शेर्पा र
कमला तामाङ छन् । उनीहरु दोलखा र सिन्धुपाल्चोकका वासिन्दा हुन् ।ती युवती
किन श्रीलंका जान लागेका हुन् भन्ने केही खुल्नसकेको छैन । यसअघि अवैध
रुपमा श्रीलंका हुँदै घरेलु कामदारका लागि कुवेत जान लागेकी नवलपरासीकी
मालती विक पनि माघ २४ गते फरार भएको भन्दै इन्डियन एयरलाइन्सका कर्मचारीले
अध्यागमनलाई जवाफ दिएका थिए ।