एशियाका नेता सामु प्रम ओलीको फितलो प्रस्तुती, अङ्ग्रेजीमा काम लागेनन् उखान टुक्का
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाका राजनीतिक दलहरुको सम्मेलनलाइ सम्बोधन गरेका छन । राजधानीमा आयोजित सम्मेलनलाइ सम्बोधन गर्दै प्रम ओलिले नेपालले भूकम्पको त्रासदीबीच संबिधान जारी गर्न सफल भएको बताए ।
भूकम्पले सबै कुरा तहसनहस भएको अवस्थामा पनि नेपाली जनता, शीर्ष दल र प्रमुख नेताहरुको दृढताले संबिधान जारी गर्न सफल भयौ ओलिले भने ।
संबिधान जारी गरेपनि समाजका कतिपय तह र तप्काले असहमती राखेपनी नेपालको संबिधानमा सबैलाइ समेटिएको दाबी गरे ।
नेपाललाइ समुन्नत लोकतान्त्रिक नेपाल बनाउँन खोजेको भन्दै ओलिले असहमत पक्षसँग् बार्ता चलिरहेको रहेको बताए । ओलिले मौखिक सम्बोधनमा उनले नाकाबन्दी को चर्चा खासै गरेनन् । उनले दक्षिणी सीमामा अवरोध हटिसकेको र अवस्था सामान्य भएको बताए
ओलिले सम्बोधनमा बारम्बार भुकम्प पछि लोकतान्त्रिक पद्दती अपनाएर संबिधान जारी गरेको उल्लेख गरेपनि अन्तर्राष्ट्रिय प्रतिनिधीहरु माझ नेपालको वर्तमान संकटको अवस्थाबारे कुरा राख्न सकेनन । नाकाबन्दी किन भएको थियो ? आन्तरिक बिबाद के कारणले भैरहेको छ ? संबिधान नै कस्तो बनेको छ भन्ने कुरा उनको मौखिक सम्बोधनमा बलियो गरि आउन सकेन ।
ओलिले बिकास र पुनर्निर्माण सँगै लैजान खोजेको बताए तर प्रतिनिधीहरु को अपेक्षा अनुरुप सरकार को ठोस कार्यक्रम र अन्तर्राष्ट्रिय समुदायसँगको अपेक्षा स्पष्ट प्रस्तुत गरेनन ।
सहभागिहरु भन्दै थिए, प्रधान्मन्त्रीले लिखित भाषण गर्नु पर्थ्यो । संक्रमणकालिन नेपाली राजनीतिका चुनौती र मित्र देशका पार्टीहरुबाट खोजेको सहयोगलाई स्पष्टसँग राख्न सक्नु पर्थ्यो ।
प्रम ओलि यसअघि आयोजक संस्था आइक्यापका स्थायी समिती सदस्य पनि थिए ।