मधेशप्रति मिडियामा विभेद अन्त्य हुनुपर्ने माग
Advertise Here Book Now
दिनेश्वर
गुप्ता लहान, १५ फागुन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष
डा.महेन्द्र विष्टले जारी संविधानमा संशोधन गरेर भएपनि मधेश र थारुको माग
सम्बोधन गर्नुपर्छ भन्दै देशको आधा जनसंख्या संविधानप्रति असन्तुष्ट
रहेकोको बताउंनुभयो ।
नेपाल पत्रकार महासंघ शाखा सिरहाको आठौं साधारणसभामा आज लहानमा अध्यक्ष
विष्टले सो कुरा बताउंदै मधेश आन्दोलनमा भएको घटनावारे मिशन गठन गरेर
अनुगमन गरियो । ठाउं ठाउंमा पत्रकारितावारे अन्तरक्रिया गरियो हामी विभेद
हुन नदिने पक्ष रहेको उहांले बताउंनुभयो ।
अध्यक्ष विष्टले पत्रकारहरुको लागि दुर्घटना विमा, आमसंचार प्रतिष्ठान,
संघीय अनुरुपको विशेष संरचना बनाउंदै संचारक्षेत्रलाई सशक्त रुपमा अगाडि
बढाउंने बताउंनुभयो । नेपाल पत्रकार महासंघ सिरहाका सभापति देवकुमार यादवका
सभाध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वाञ्चल संयोजक गणेश पोखरेल र
केन्द्रीय सदस्य गणेश लम्सालले पत्रकार आचार संहीता र श्रमजिवी ऐन
कार्यन्वयन गर्न गराउंन सशक्त रुपमा अगाडि बढिरहेको बताउंनुभयो ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ सिरहाका नि.अध्यक्ष तथा मधेश मिडिया मिशन
नेपालका अध्यक्ष दिनेश्वर गुप्ताले मधेशको पत्रकारिताप्रति जुन विभेद
भइरहेको छ, त्यो दुर्भाग्य हो । संचारक्षेत्रमै विभेद भयो भने अन्य
क्षेत्रमा कस्तो अवस्था होला ? भनी प्रश्न उठाउंनुभएको थियो । अध्यक्ष
गुप्ताले पत्रपत्रिकालाई महिनावारी लोककल्याणकारीको भुक्तानी दिने गरेको छ
भने २५ लाखभन्दा बढी लगानी गरेका एफएफहरुलाई सोही अनुरुप सुविधा दिनुपर्ने
माग गर्नुभयो । कार्यक्रममा प्रेस युनियनका सन्तोष सुवेदी र क्रान्तिकारी
पत्रकार संघका मणिलाल विश्वकर्माले मौफसलका पत्रकारप्रति गरिएको विभेद
अन्त्य होस् र श्रमजीवि ऐन कडाईका साथ लागु हुनुपर्ने बताउंनुभयो । यसैगरी
प्रेस मंचका मनोज बनैता, पत्रकार सुरेन्द्र यादव, पत्रकार शिवकुमार साह र
महिला पत्रकार रिंकु दासले मधेश र मधेशी पत्रकारलाई उपेक्षा गर्नु समावेशी
समानुपातीलाई चुनौती दिनु हो बताउंनुभयो । कार्यक्रममा स्वागत मन्तव्य
उपाध्यक्ष गणेश साह र कार्यक्रम संचालन जीवछ यादवले गर्नुभएका थिए ।