मधेसी नेताका कारण दश खर्ब घाटा– पुर्व अर्थमन्त्री पाण्डे
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम माघ २१ । नेकपा एमाले नेता तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मधेस आन्दोलनका कारण देशलाई १० खर्व घाटा भएको बताएका छन् । एमाले उदयपुरको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विहिबार बोल्दै पाण्डेले भने–‘केही मेधेसी दलका नेताले स्वार्थको लागि गरिएको आन्दोलनले देशलाई ठूलो धनराशी नोक्सान भयो ।’ ‘भूकम्पले पनि ७ खर्व मात्र घाटा पु¥याएको थियो’ मन्त्री पाण्डेले भने, मधेसी नेताको स्वार्थको आन्दोलनले देशलाई १० खर्वभन्दा माथिको घाटा गराएको छ ।
जारी संविधान सबैभन्दा समावेशी र लोकतान्त्रिक रहेको पाण्डेले बताए ।– ‘जारी संविधान संसारकै उत्कृष्ट छ’ ।
‘संविधानमा सात प्रदेशबाट पछि बढाउन मिल्छ तर देशलाई खर्वाै घाटा हुने आन्दोलन गर्न मिल्दैन । एमालेका स्थायी कमिटि सदस्य समेत रहेका पाण्डेले भने । आन्दोलनरत मेधेसी दलका नेताका नेताले मधेसी जनतालाई अकालमा काम गरेको उनलेृ आरोप लगाए । मधेस आन्दोलनका नाममा मधेसमा एमाले, काङग्रेस, एमाओवादीलाई प्रतिबन्ध लगाएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न मधेसी नेतालाई पाण्डेले आग्रह समेत गरेका छन् । मधेसी दलका नेताहरु मधेसी जनताको हितभन्दा आफ्नो स्वार्थका लागि आन्दोलन जारी राखेको पाण्डेले आरोप लगाए ।
नेता पाण्डेले देशलाई नोक्सान गर्नेले क्षतिपुर्ति समेत तिनुपर्ने बताए । उनले भने– ‘मधेसी दलका नेताको कराण देश संकटमा परेको हो ।’ आन्दोलनको कुरा दोहो¥याँदै पाण्डले भने, यसको क्षतिपुर्ति मधेसी नेताले तिनुपर्छ ।’
नेता पाण्डेले मधेसी दलले सात प्रदेश नमाने पछि संविधान संशोधन गरेर थप्दै लाने ठाँउ संविधानमा भएपनि मधेसी नेताहरु आराजक बन्दै गएको बताए । उनले भने– ‘यदि आन्दोलनरत मोर्चाले मधेसी जनताको लागि राजनीति गरेको भए र उनीहरुको माग प्रदेशको नाम र सिमाकंनमा असन्तुष्टि जनाएका भए सीमाङ्कन र प्रदेशको लागि सरकारले आयोग बनाएर तीन महिना भित्र विवाद हल गर्छ त्यसमा उनीहरु आउनुपर्यो ।’
पाण्डेले आफु अर्थतन्त्रको विद्यार्थी भएको भन्दै देशलाई अवका दिनमा आर्थिक विकासमा लैजानु पर्ने बताए । आर्थिक विकासको लागि नेताले मात्र होईन पत्रकार विभिन्न दलका भातृसंगठनहरुलाई पनि उत्पादनमुखी बनाउन पर्ने उनको भनाइ छ
युवा संघ उदयपुरका एक कार्यक्रममा आईपुगेका पाण्डेले व्यानर बेगरको पत्रकारसम्मेनमा भाग लिएका थिए ।