ओली भारतमा रहुन्जेल मधेशी विद्यार्थीहरुलाई छुट्न नदिने नेपाली राजदूतावासको नीति
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम फागुन ९। शुक्रबार साँझ दिल्लीस्थित नेपाली राजदुतावासको परिसरबाट प्रकाउ परेका मधेशी विद्यार्थीहरुलाई शनिवार जिल्ला मजिस्ट्रेटको आदेशमा ३ दिनका लागि तिहार जेल चलान गरिएको छ । उनीहरुलाई दिल्ली प्रहरीले भारतीय फौजदारी कानूनको अपराधिक प्रकृया संहिताको धारा १०७ र १५१ को अभियोग लगाएको छ । यही धारा अनुसार २०६८ सालमा दिल्ली प्रहरीले नागरिक अगुवा अन्ना हजारेलाई पक्राउ गरी हिरासतमा राखेका थिए । धारा १०७ शान्ति सुरक्षा कायम राख्न र १५१ अनुमानित अपराधलाई रोक्नका लागि प्रयोग गरिन्छ । कुनैपनि सार्वजनिक कार्यक्रम र स्थलमा शान्ति सुरक्षा भंग गरेको र गर्ने चेष्टा गरेको पाएमा धारा १०७ अनुसार बिना कुनै पक्राउ पुर्जी प्रहरीले हिरासतमा लिई २४ घण्टाभित्रै मजिस्ट्रेटको कार्यालयमा गर्नुपर्छ । यस अभियोगमा मजिस्ट्रेटले बढीमा १ वर्ष सम्म हिरासतमा राख्न सक्ने आदेश दिनसक्छ । कुनैपनि हुनसक्ने अनुमानित अपराधलाई रोक्नका लागि प्रहरीले धारा १५१ अनुसार शङ्कालागेको कुनैपनि व्यक्तिलाई बिनाकुनै पुर्जी २४ घण्टासम्म हिरासतमा राख्न सक्छ। यस धारा अनुसार २४ घण्टा भन्दा बढी हिरासतमा राख्ने अधिकार प्रहरीलाई हुदैन्। उनीहरुको रिहाईका लागि नेपाल र दिल्ली दुवै ठाँउमा मधेशी नेता र विद्यार्थीहरु दिनभरी पहल गरिरहेका देखिन्थे । रिहाईकै पहलमा व्यस्त रहेका एक जना जेएनयुका पुर्व–विद्यार्थीले भने राजदुवासले नेपाली नागरीकलाई रिहाई गराउन सहयोग गर्नुको सट्टा अझ केही दिन हिरासतमै राख्नका लागि दिल्ली प्रहरीलाई अनुरोध गरेको पाईयो। त्यस्तै गरी, रिहाईकै सिफारीस गर्न काठ्मान्डौ स्थित भारतीय राजदुतावास पुगेका एक जनाले खुल्लासा गरे की प्रधान मन्त्रीको भ्रमण भरी उनिहरुलाई हिरासतमै राख्न नेपाल सरकारले आग्रह गरेकोले सो भन्दा अगाडि भारत सरकारले छोड्न नमिल्ने भनि एक उच्च तहका कुटनीतिज्ञले बताए । यसरी जेल चलान भएका विद्यार्थीहरु ओलि भारत छोडेपछि मात्र छुट्ने निश्चित प्रायस् भएको अनुमान गर्न सकिन्छ। प्रजातन्त्र दिवसको अवसरपारि प्रधान मन्त्री केपी ओलीको सम्मानमा आयोजना गरिएको रात्री भोजलाई लक्षित गरी कालो झण्डा देखाई नाराबाजी गर्ने प्रयास गर्न खोज्दा उनिहरु राजदुतावासको परिसरबाटै प्रकाउ परेको थियो। त्यस भन्दा पहिले उनिहरुले ओलीलाई विमान स्थालबाट निस्किने क्रममा कालो झण्डा देखाई सकेको भएपनि राजदुवासले आफ्ना नजिका पहाडी समुदायका नेपाली(आप्रवासी तथा विद्यार्थीहरुलाई मात्र भोजमा बोलाएको थाहा पाएपछि उनिहरु दुतावासको त्यस विभेदकारी कदम र प्रमुख अथिती ओलीलाई कालो झण्डा देखाउने योजना अनुरुप त्यहाँ गएका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्