बलिउड अभिनेता अमिताभ बच्चनको मृत्युको खबरले सनसनी
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन
१३ । बलिउडका मेगा स्टार अमिताभ बच्चन रहेनन् । उनको आत्माको शान्तिको
लागि प्रार्थना गर्नुहोस् ।’ बिहीबार यही मेसेज सामाजिक सञ्जाल ह्वाट्सएप र
ट्विटरमा भारतीय प्रयोगकर्ताबीच व्यापक आदानप्रदान भयो ।
यसको आसय थियो, बलिउड अभिनेता अमिताभ बच्चन अब रहेनन् । तर, यो हल्ला मात्र
भएको पुष्टि हुन धेरै लामो समय लागेन । त्यसो त केही दिनअघि बिरामी भएपछि
अमिताभ बच्चन अस्पताल भर्ना भएका थिए । यसले पनि यो सन्देशलाई विश्वास
गर्ने आधार मिल्यो । भारतीय मिडिया टाइम्स अफ इन्डियाको वेबसाइटमा आएको
समाचारअनुसार यो अफवाहले अमिताभका प्रशंसकलाई हैरान बनायो । र, अन्तत:
अमिताभका प्रवक्ताले एउटा विज्ञप्ति निकालेरै यो झूटो भएको प्रस्टीकरण दिए ।
त्यसो त अमिताभको मृत्युको हल्ला चलेको यो पहिलोपटक पनि होइन र यस्तो
हल्लाको सिकार भएका उनी मात्र पनि होइनन् । यसअघि दिलीप कुमार, हनी सिंह,
गुल पनाग, लता मंगेशकरलाई लिएर पनि यस्ता हल्ला चलेका थिए । त्यस्तै,
रेहाना, ब्रिट्नी स्पियर्स, जोनी डेपलगायतका सेलेब्रिटी पनि यस्तो हल्लाका
सिकार भएका छन् ।