धनुषामा एक जनाको गोली हानी हत्या
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम माघ
२३ – धनुषाको बालाबाखरमा एक जनाको गोली हानी हत्या भएको छ । बालाबाखर–४ का
५० वर्षका राजेन्द्र यादवको शुक्रबार राति नचिनेका मानिसको समूहले गोली
हानी हत्या गरेको प्रहरीले जनाएको छ । यादवको छातीमा तीन राउण्ड गोली
लागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गोली लागेका यादव धनुषा
क्षेत्र नम्बर १ का कांग्रेसका प्रतिनिधि हुनुहुन्थ्यो । यादवको शव
पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप
अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।