प्रधानमन्त्रीले,‘मधेशीहरु अशिक्षित’ भनेपछि कार्यक्रममा उकुसमुकुस
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम फागुन १४।भैरहवामा आयोजित एमालेको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मधेशीहरु अशिक्षित भएकोले संविधान बारे भ्रममा परेको जनाएका छन् । नेपालमा जारी भएको संविधान बारे मधेशी जनतामा भ्रम रहेको बताउदै भ्रम चिर्न सरकारमा रहेको नेकपा एमालेको अञ्चल कमिटीले भैरहवामा “जनताको संविधान जनताको माझ” बारे बुझाउन आयोजना गरेको आमसभामा लक्षित जनताको उपस्थिति न्यून देखिएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्रीले मधेशीहरु अशिक्षित भनेपछि कार्यक्रममा सहभागी मधेशीहरुलाई उकुसमुकस भएको थियो । आयोजकले भैरहवामा आयोजना हुने उक्त आमसभाको लागी डेढ लाख बढी मधेशी जनता उतार्ने उदघोष गरेको थियो । रुपन्देही, नवलपरासी र कपिलवस्तु गरि डेढ लाख मधेशी सदरमुकाम ल्याउने आयोजकको योजना पूर्ण रुपमा बिफल भएको छ । कार्यक्रम स्थल सिद्धार्थ रङ्गशालामा केही मधेशी समुदाय देखिए पनि अधिकांश पहाडी जिल्लाबाट आएका कार्यकर्ता मात्र रहेका थिए । उपस्थित मधेशी समुदाय पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनबाट खुशी देखिएनन् । प्रधानमन्त्री आएर उल्टै मधेशी जनतालाई नै गाली गरेर गएको उनीहरुको प्रतिक्रिया रहेको थियो । सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले तराईमा जमिन्दारी तथा समान्ती ब्यावस्था कायम रहेको बताउँदै मधेशीहरुले बोक्सी भन्दै आफ्नै दिदी बहिनीलाई आरोप लगाउने गरेको बोले पछि अग्रपंक्तिमै उपस्थित मधेशीहरु उकुसमुकुस गरेका थिए । यति मात्र हैन प्रधानमन्त्रीले मधेशका जनता सुगम स्थानमा भएर पनि शिक्षा कम भएको बताए । त्यसपछि शिक्षामा कमजोर भएकोले मधेशीहरुले संविधान बुझ्न नसकेको तर्फ इगित गरेका थिए । नजिकै बिद्यालय भए पनि बाबालिकाहरु पढ्न पाएका छैनन् भन्दै उनले यी बिकृतीहरुलाई बदल्नु पर्ने आवश्यकता समेत औल्याए पनि त्यसले मधेशी सहभागीहरुको चित्त बुझाउन सकेनन् । शुक्रबार भएको कार्यक्रमलाई लक्षित गरि मधेशी मोर्चाले बन्दको आव्हान गरेको कारण पनि मधेशी जनता कार्यक्रम स्थल आउन सकेनन् । यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक महेन्द्र यादवले एमालेको कार्यक्रम फेल भएको टिप्पणी गरेका छन् । मधेश बिरोधी संविधान जारी गरेको कारण मधेशी जनतामा एमाले र कांग्रेसप्रति बितृष्णा उनले बताए । मधेशी जनताले एमालेको कार्यक्रम बहिस्कार गरेको पनि यादवले दावी गरे ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्