रामचन्द्रलाई पार्टी फोरुवाको आरोप लगाउँदै देउवाले देखाए प्रधानमन्त्रीको लोलिपप
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन ६ । नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले पार्टी उपसभापति रामचन्द्र पौडेलकै कारण त्यतीबेला पार्टी फुटेको आरोप लगाएका छन ।
आफ्नो निवासमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पौडेलले गिरिजाबाबुको अन्याय अब धेरै सहन सकिदैन, नयाँ पार्टी खोल्नु पर्छ भनेपछि त्यसमा सहमत भएर आफूले नयाँ पार्टी खोलेको बताए ।
सो क्रममा देउवाले पौडेलकै डिजाइन अनुसार पार्टी बनाएको र नयाँ पार्टी घोषणा गर्दा सभापति उहाँलाई नै बनाउने गरी तयारी भएपनि अन्तिममा उपस्थित नभएको कारण आफू सभापति बनेको दावी गरे ।
उनले सबैलाई सम्मानका साथ मिलाएर अघि बढ्न सक्ने एक मात्र व्यक्ति आफू नै भएको दाबी गर्दै पार्टीलाई मिलाएर लैजान पौडेललाई प्रधानमन्त्री बन्ने भएपनि फरक नपर्ने बताए ।
देउवाले पार्टी एकीकरणका बेला गिरिजा प्रसाद कोइराला र आफूवीच पार्टी नेतृत्वका विषयमा समेत भद्र सहमति भएको दावी गर्दै उहाँ नभएपछि उहाँपछि ब्यक्ति आफै भएको तर्क गरे ।
उनले आफूले दरवारलाई प्रजातन्त्र बुझाएको भन्ने आरोपको खण्डन गर्दै अहिले आएर आफूलाई सभापति हुनबाट रोक्न विभिन्न यस्तो भ्रमक प्रचारबाजी भएको दावी गरे ।
देउवाले भने,‘राजाको पालामा प्रधानमन्त्री पद नै खोसिएका मान्छेलाई प्रजातन्त्र नै दरबारलाई बुझायो भन्ने गलत प्रचार गर्ने, झुठा आरोप लगाउने काम भइरहेको छ । ज्ञानेन्द्रको विरोध गर्दा कांग्रेसबाट सवैभन्दा बढी बन्दी बनाइएको आफू नै भएको तर्क गरे ।
उनले आफू विपी र गिरिजावावुकै परिवारकै मान्छे भएको दाबी गर्दै वीपीको प्रेरणाले राजनीतिमा लागेको र गिरिजाप्रसाद कोइरालासँग अन्तिमसम्म काम गरेको र उहाँहरुले आफूलाई आफ्नो परिवार जस्तै मान्ने गरेको सुनाए ।
तत्कालिन सभापति सुशील कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन नसकेको आरोप लगाउँदै पार्टी एकीकरण गर्न नसके देशको नेतृत्व गर्न नसक्ने दावी गरे ।
देउवाले संविधान जारीपछि तराई मधेसमा उत्पन्न समस्या हल गरेर अघि बढ्नु पर्ने बताए ।