मधेश र मधेशीे अपमानित जेसीजको ब्यानर हटाएर लहानमा कार्यक्रम
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, २३ माघ । नेपाल जेसीजले मधेश र मधेशीलाई अपमान हुने कार्यक्रम गर्न लाग्दा लहानमा अपमानित व्यानर हटाएर कार्यक्रम संचालन गरिएको छ । जेसीजका पूर्व अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका राकेश झाका संयोजकत्वमा भएको सो कार्यक्रममा मधेशसंग सरोकार नराखेको ब्यानर, टोपी झल्किने र मधेशीको अधिकारप्रति कुण्ठित गर्ने कार्यक्रम गर्न लाग्दा मोर्चा तथा संघीय समाजवादी फोरम नेपालका सत्यनारायण यादवलगायत दर्जनौले ‘की त ब्यानर हटाऔं की त मधेश र मधेशीलाई अपमान नहुने व्यानर लगाऔं ।’ भन्दै विरोध गरेपछि कार्यक्रम केही समय अबरुद्ध भएको थियो । कार्यक्रमकै क्रममा आन्दोलनकारी तथा मोर्चामा फुट ल्याउंन कार्यक्रम संयोजकको निर्देशनमा व्यक्तिगत आसनग्रहन गराएको प्रति समेत विरोध भएको छ । कार्यक्रममा संयोजकको निर्देशनमा संघीय समाजवादी फोरम नेपालका सिरहा सचिवलाई अपमान गर्दै क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष रामचरित्र महतोलाई आशनग्रहन गराएको छ । सोहीक्रममा आन्दोलनकारी सत्यनारायण यादवलाई समेत आशनग्रहन नगराएको र मानव अधिकार संगठन सिरहाका अध्यक्षलाई अपमानपूर्ण किसिमले आशनग्रहन नगराएपछि सहभागीहरु उठेर गएका थिए । मोर्चाका चार दल मध्ये सद्भावना पार्टीका प्रतिनिधिलाई समेत आशनग्रहन नगराएर मोर्चाभित्र फुट ल्याउंने कार्यक्रम गरेको छ । कार्यत्रम लहानको सहिद चौकमा गरिएको छ भने संबृद्ध राष्ट्र निर्माणका लागि संबाद र सहकार्य राष्ट्रव्यापि जेसीज अभियान २०७२ भने विषयकको ब्यानर लगाइएको थियो । विरोध हुंदा ब्यानर हटाइएको छ भने सहिदलाई छोपेर कार्यक्रम गरिएको छ । यसको विरोध हुन थालेपछि आयोजकले सहिदप्रति माला चढाइएको छ । जेसीजले कति ठाउंमा यसै ब्यानरमा सद्भावलाई जोड दिंदै कार्यक्रम गरिएको छ । लहान भएको कार्यक्रमका प्रमुख अतिथी पूर्वमन्त्री राजलाल यादव रहेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्