बाबुरामले प्रचन्डलाई भने कुकुर भने पछि
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन
१६ । नयाँ शक्ति नेपालका नेतृत्वकर्ता एवं पूर्व प्रधानमन्त्री डा.
बाबुराम भट्टराईले आफूहरुलाई झटारो फर्काउने फुर्सद नभएको बताएका
छन्।सुनसरीको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमाओवादी
अध्यक्ष प्रचण्ड बिरामी भएको भन्दै सुस्वास्थ्यको कामना समेत गरे।एमाओवादी
अध्यक्ष प्रचण्डले आफूविरुद्ध दिइरहेका कडा अभिव्यक्तिबारे बोल्दै
उनले प्रतिक्रिया दिँदा ढिलो हुने भएकोले कसैप्रति टिप्पणी नगर्ने बताए।
‘कुकुरहरु भुकिराख्छन्, रोक्दै ढुंगा हान्दै हिँडियो भने आफैलाई ढिलो हुन्छ
र पुगिँदैन,’ उनले भने, ‘हामीलाई झटारो फर्काउने फुर्सद छैन।उनले
अबको आवश्यकता सुशासन र समृद्धि भएको बताउँदै चैत मसान्तभित्र एक लाख
जनालाई संगठित गरेर पार्टी घोषणा गर्ने बताए। उनले १० देखि १५ वर्षभित्र
नेपालमा समृद्धि कायम हुने दावी गर्दै नयाँ काम गर्दा बाधा आएपनि चिरेर अघि
बढ्ने ठोकुवा गरे।
अर्को एक प्रसंगमा उनले हिन्दू राज्य र राजतन्त्र
नफर्कने बताए। दुवै विषयलाई बगेको खोला भन्दै धर्मको विषयमा राजनीति गर्नु
अनुपयुक्त हुने समेत बताए। उनले धर्म निरपेक्षता र गणतन्त्रबाट फर्किँदा
जनताको भावनामाथि खेलवाड हुने बताए।उनले आफूहरु अहिले राष्ट्रिय एकता
कायम गर्नको लागि देशव्यापी अभियानमा रहेको बताएका छन्। उनले मधेस आन्दोलन
साम्य भएपनि कुनैपनि बेला स्थिति बिग्रन सक्ने भन्दै राष्ट्रिय एकताको
आवश्यकता रहेको बताए।उनले संगठन विस्तार, कार्ययोजना निर्माण र
जनसरोकारका विषयमा सामाजिक अभियान सञ्चालनलाई प्राथमिकता दिएको बताउँदै
कार्यकर्ता प्रशिक्षण सुरु गरेको बताए। उनले सुनसरीकै धरानमा पहिलो पटक
कार्यकर्ता भेला गरी प्रशिक्षण दिएका छन्। उनले पूर्वमा आर्थिक विकासको
पर्याप्त सम्भावना रहेकोले नयाँ शक्तिको अभियान पनि पूर्वबाट सुरु गरेको
बताए।