शेखरका सपना ‘उठ् मंगला जोर कर, बाटघाट सोर कर’
Advertise Here Book Now
दिनेश्वर गुप्ता लहान,
१२ फागुन । ‘उठ् मंगला जोर कर, बाटघाट सोर कर’लगायत दर्जनौ रचना
पंचायतीकालमा क्रान्तिकारीमय आवाज बुलन्द गर्ने वरिष्ठ साहित्यकार
चन्द्रशेखरलाल कर्ण शेखरको श्रद्धाञ्जलीसभा फागुन १२ गते लहानमा मिथिला
स्टुडेन्ट युनियन लहानले आयोजना गरियो । सो
सभाका प्रमुख अतिथी मधेश मिडिया मिशन नेपालका अध्यक्ष तथा नेपाल पत्रकार
महासंघ सिरहाका नि.अध्यक्ष दिनेश्वर गुप्ताले मधेशमा परिवर्तनको लागि
समाजिक नेता तथा साहित्यकार शेखरले पंचायतीकालमै विद्रोह गर्दै आएका थिए ।
उहांकै सपना पुरा गर्न यहांका युवाहरु आज मधेश आन्दोलनबाट परिवर्तन चाहेको
गुप्ताले बताउंनुभयो ।
युनियनका
अध्यक्ष दिनेश रसियाका सभाध्यक्षतामा भएको सो सभामा पूर्वमन्त्री राजलाल
यादबले आप्mनो गुरु समान रहेका शेखर एक सच्चा राष्ट्रभक्त नेता भएको चर्चा
गर्नुभयो । निष्ठाको राजनीति गर्ने नेता गुमाउँदा आफू अत्यन्तै दुखी एवम्
मर्माहत भएको उहांले बताउंनुभयो ।
भारतको
मधुवनीबाट श्रद्धाञ्जली सभामा सहभागी दीप नारायण विद्यार्थीले शेखरको
योगदानबारे छोटोमा चर्चा गर्नुभयो । सभामा सञ्चारकर्मी रोन्टर मण्डलले
साहित्यकर्मीहरुले कुशल अभिभावक गुमाएको बताउंनुभयो । सभामा अत्यन्त भावुक
भएर अर्जुनप्रसाद गुप्ताले नेपालकै इतिहासमा निडर नेता गुमाएको दावी
गर्नुभयो ।
तमलोपाका
सिरहा जिल्ला सचिव राकेश झाले मैथिली भाषाको विकासका लागि सदैव तत्पर
रहेको र यसमा लागेको सबैलाई सम्मान गर्न नचुक्ने तथा शेखरको वार्षिकी हरेक
वर्ष मनाउने प्रतिबद्धता गर्नुभयो । अधिकारकर्मी विजय दत्तले मैथली भाषा
संस्कृतिको विकास गर्नु नै शेखरको सच्चा श्रद्धाञ्जली हुने बताउंनुभयो ।
त्यसैगरी अधिकारकर्मी सुनिल साहले वृद्ध अवस्थामा शेखरले साहित्यमार्फत
समाज परिवर्तनको लागि युवा पीढिमा उर्जा भर्दै आएको बताउंनुभयो ।
सोहीक्रममा साहित्यकार एवम् मैथिली अभियानी धीरेन्द्र प्रेमर्षि र कुन्दन
कर्णले काठमाण्डौबाटै श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रम
सञ्चालन अनुपम झाले गरिन् । युनियनको तर्फबाट गजेन्द्र गजुर, नारायण
मधुशाला, तेजु मैथिल, रितेश मैथिल, हृदय सुमन, गौरी नारायण, अमरेश, गायत्री
सिंह, सृजना गजमेर लगायतले साहित्यकार शेखरप्रति श्रद्धाञ्जली अर्पण गरेका
थिए ।