दिल्लीमा ‘मधेशीको हत्यारा फिर्ता जाउ’ को नारा
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन ८। प्रधानमन्त्री केपी शर्मा ओली पहिले निर्धारीत समयभन्दा आधा घण्टा ढिला नयाँ दिल्लीको इन्दिरा गाँधी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका थिए । उनी छ दिने भारत भ्रमणमा आएका हुन् । उनलाई भारत सरकारको तर्फबाट विदेश मन्त्री सुष्मा स्वराजले अभिनन्दन गरेकी थिइन् भने नेपालका मधेशी विद्यार्थीहरुले कालो रंगको झण्डाले अभिवादन गरेका थिए । यसरी कम्युनिष्टहरु स्वभावैले रातो रंग मन पराउने भए पनि उने कालो रंगको झण्डाले अभिवादन पाएका छन् । उनलाई कालो झण्डा देखाउनका लागि दिल्लीस्थित विभिन्न विश्वविद्यालय र संस्थानमा अध्य्यनरत मधेशी विद्यार्थीहरुले पहिलेदेखि योजना बनाएका थिए । उनिहरुले कडा सुरक्षालई चक्कमा दिदै विमान स्थाल जाने बाटोमा एकत्रीत भएर कालो झण्डा देखाउन सफल भए। कालो झण्डा हेर्दै ओली मुसुमुसु हाँसिरहेको देखिन्थे।
कालो झण्डा देखाउदै उनिहरुले नरभक्षी ओली मुर्दावाद, मधेशीको हत्यारा फिर्ता जाऊ भन्दै नारा लागाएका थिए। विद्यार्थीहरु करीव सय जानको संख्यामा रहे पनि सुरक्षाको कारणले ससानो समुहमा विभाजित भई विभिन्न ठाँउ ठाउँमा बसि झण्डा देखाउदै नारा बाजी गरेका थिए।
प्रदर्शनमा सहभागी एक विद्यार्थी संजय यादवले भने ओली मधेशी, थारु र जनजातिको हत्यारा भएकोले हामीले उनलाई कालो झण्डा देखाएको हो। अर्का विद्यार्थी प्रविण कर्णले भने म कुनै राजनीति संगठन प्रति आबद्ध होईन तर ओलोले मानव अधिकारको हन्न गरेको हुनाले हामीले उनलाई कालो झण्डा देखाएको हो। त्यस्तै गरी, भारतकै सबभन्दा प्रमुख विश्वविद्यालयका विद्यार्थी तथा प्रदर्शनकारी विकास मिश्राले मधेशीहरुको आनदोलन जारी छ, मागहरु पुरा नहुनजेल सम्म जारी रहने छ भनि ओलिलाई सम्झानकोलागि यो प्रदर्शन गरिएको हो भनि दाबि गरे।
प्रधानमन्त्री ओलीको सम्मानमा दिल्ली स्थित नेपाली राजदुतावासले आजै साँझ रात्री भोजको आयोजना गरिरहेको छ। भोजमा राजदुतावासले दिल्ली स्थित विभिन्न पेशा गरी बस्ने नेपाली समुदायका साथै विभिन्न विश्वविद्यालयहरुमा अध्य्यरनत केही आफ्ना मनपर्ने विद्यार्थीलाई समेत बोलाएका भएपनि एउटा पनि मधेशी विद्यार्थीलाई बोलाएको छैन्। दिल्ली विश्वविद्यालयमा अध्य्यनरत एक मधेशी मुलको विद्यार्थीले भने नेपाल सरकारले देशमा त भेदभाव गरे गरे विदेशमा पनि राजदुतावासले मधेशीसंग भेदभाव गर्ने छोडेन्। यो सरासर मधेशी विद्यार्थी माथिको अन्याय हो।
मधेशी विद्यार्थीहरुले राजदुतावसले आफूहरुसंग गरेको भेदभावको विरुद्धमा रात्री भोज चलिरहेको बेलामा राजदुतावास परिसर अगाडि पनि प्रधानमन्त्री सहित राजदुतलाई कालो झण्डा देखाउनुको साथै नाराबाजी गरेका छन्।