सुशील कोइरालाको निधन रहस्यमय ! भाञ्जा र निजी चिकित्सकको बयान बाझियो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम माघ २६ ।गम्भीर बिरामी परेका खबर पनि नसुनिएको, हिँड्न, डूल्नसक्ने अवस्थाका कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अप्रत्यासित निधनको खबरले अहिले सबैलाई शोकभन्दा बढी आश्चर्यमा पारेको छ । कोइरालाको निधनको बिषयमा उनका निजी चिकित्सक, उनीसँगै बस्ने भाञ्जा लगायतका आफन्तहरुको बयान सुन्ने हो भने धेरैले अनुमान लगाउन सक्छन, कोइरालाको निधन जति आश्चर्यमिश्रित बन्यो, उति नै रहस्यमय पनि । अझ कोइरालाको शवको फोटो जसरी सामाजिक सञ्जालमा भाइरल बन्यो र उनको टाउकोमा चोट लागेको र सिरकमा रगत देखियो, त्यसपछि अहिले सामाजिक सञ्जालमा कोइरालाको अप्रत्यासित निधनको बिषयमा अनेकन शंका र टिकाटिप्पणी सुरु भएको छ ।
अशोक नामका एक व्यक्तिले सामाजिक सञ्जाल ट्वीटरमा कोइरालाको शवको तस्विर पोष्ट गर्दै सिरकमा रगत लागेको र निधारमा समेत चोट देखिएको बिषयमा गम्भीर प्रश्न उठाए । त्यसपछि उनलाई समर्थन गर्दै शंका गर्नेहरु निकै धेरै निस्किए । सामाजिक सञ्जालमा उठेका तर्क वितर्क र शंका उपशंकाहरुलाई हेर्ने हो भने सुशील कोइरालाको अचानकको मृत्युको खबरलाई कसैले सहजै स्वीकार नगरेका देखिन्छ । अहिले सबैको मनमा उस्तै उस्तै प्रश्नहरु उठेका छन्–‘मृत्युकै मुखमा पुग्ने गरी गम्भीर हुँदा समेत सुशील कोइरालालाई किन अस्पताल लगिएन ? केही दिनदेखि निमोनियाबाट साच्चिकै ग्रसित थिए भने उनलाई राम्रो हेरचाह किन भएन ? उनले ओडेको सिरकमा कसरी रगतको ताजा टाटा देखियो ? निधारमा कसरी चोट लाग्यो ?’ स्मरणीय छ, उनका निजी चिकित्सक, परिवारजन तथा भा ञ्जाले रगतको टाटा र निधारको चोटको बिषयमा कुनै पनि कुरा बाहिर ल्याएका छैनन् । अचेत भएर शौचालय जाने क्रममा लडेर चोट लागेको हो भने पनि त्यो बिषय समेत भनिएको छैन ।
एक चर्चित अनलाइनसँग प्रतिक्रिया दिने क्रममा कोइरालाका निजी चिकित्सक डा. कविरनाथ योगीले शनिवारदेखि बढेको चिसोले कोइरालालाई समस्यामा पारेको र त्यस दिनदेखि उनले खाना नै नखाएको बताएका छन् । उनले सोमबार भने बिहान र दिउँसो मज्जाले खाना खाए पनि राति चाहि खान नमानेको बताएका छन् । तर सोही अनलाइनमा कोइरालाका भाञ्जा रमेशले चाहि ‘कोइरालाले सोमबार राति ९ बजेतिर जाउलो खाएका, राति १२ बजेतिर पानी पिएका र सँगै रहेको आफूलाई समेत चिया पिउन भनेको’ बताएका छन् । डा. कविरनाथ योगी भन्छन–‘ बेलुकासम्म उहाँ सामान्यरुपमै कुराकानी गरिरहनुभएको थियो । राति साढे ११ बजेसम्म राम्रो होसमा हुनुहुन्थ्यो । साढे ११ बजे उहाँले पिशाब गर्नुभयो । त्यसपछि ‘दिशा गर्छु’ भन्नुभयो । उहाँको मुखबाट मैले सुनेको अन्तिम आवाज त्यहि थियो । उहाँले दिशा गर्नुभयो र पल्टिनुभयो । त्यसपछि १२ बजेतिर अचानक खकार वा थूक अड्केको जस्तो ख्वाक्क गर्नुभयो र एकाएक अचेत हुनुभयो । अनि पो हामी सबै आत्तियौं ।’ भाञ्जा रमेशले चाहि ‘१२ बजे मामा(सुशील)ले पानी पिएको’ भनेका छन् । तर चिकित्सकले चाहि १२ बजे नै कोइराला खकार वा थुक अड्केजस्तो गरी एकाएक अचेत भएको कुरा गरेका छन् ।
भाञ्जा रमेशलाई उद्धृत गर्दै लेखिएको छ–‘कोइरालाले सोमबार राति ९ बजेतिर जाउलो खाएका थिए । राति १२ बजेतिर उनले पानी पिए । सँगै रहेका रमेशलाई चिया खान भने । तर, कोइरालालाई गाह्रो भइसकेको थियो । उनको उपचार घरमै भइरहेको थियो । उनले अक्सिजन दिएको, इन्जेक्सन लगाएको देख्दा मलाई के गरेको भनेका थिए । तपाईलाई गाह्रो भयो, त्यसैले भनेपछि पूर्व प्रधानमन्त्री कोइरालाले केही बोलेनन् । परिवारले अस्पताल लैजान चाहेको थियो । तर, गाडीमा अक्सिजन नभएकाले एम्बुलेन्स बोलाउने तयारी भइरहेको थियो । सँगै रहेका भान्जा रमेशका अनुसार अन्तिम सास लिनुभन्दा केही अघि उनी निदाए जस्तो गरे । त्यसपछि उनले सदाका लागि विदा लिए ।’ निजी चिकित्सले कोइरालालाई ‘पाँच दिनदेखि अक्सिजनमा राखिएको’ भनेका छन् । अक्सिजनमा राखिएको पूर्व प्रधानमन्त्री र देशकै ठूलो पार्टीको सभापतिजस्तो प्रतिष्ठित व्यक्तिको स्वास्थ्य ५ दिनदेखि नै बिग्रिएको हो र उनलाई अक्सिजनमा राखिएको थियो भने त्यो कुराको बिषयमा कार्यकर्ता र सर्वसाधारणलाई किन जानकारी दिइएन ? यो पनि रहस्यमय बिषय बनेको छ । अर्कोतर्फ अक्सिजनमा राखिएको व्यक्तिको स्वास्थ्य जुनसुकै बेला खराब हुनसक्ने सामान्य अनुमान सबैलाई हुन्छ । भाञ्जा रमेशले मामाको अवस्था नाजुक बनेपछि अस्पतालतर्फ लैजान खोज्दा अक्सिजनसहितको एम्बूलेन्स नपाइएको बताएका छन् । निवर्तमान प्रधानमन्त्री र देशकै ठूलो पार्टीको सभापतिको स्वास्थ्य बिग्रदा अक्सिजनसहितको एम्बूलेन्स पाइएन भन्ने रमेशको बयान आफैंमा रहस्यमय र हास्यास्पद छ । सभापति कोइरालाको अप्रत्यासित निधनको खबरप्रति अपराध बिटमा काम गर्ने राष्ट्रिय दैनिकका पत्रकारहरुले समेत शंका गरेका छन् । अन्नपूर्णपोष्टमा लामो समयदेखि अपराध बिटमा कार्यरत सुवास गोतामेले फेसबुक स्टाटस पोस्ट गर्दै लेखेका छन्–‘कुरो खोजको विषय छ । पुर्व प्रधानमन्त्री सुशील कोइरालाको राति मृत्यु भयो । उनलाई किन अस्पताल लगिएन ? कि उनको रेखदेख पुगेन । कि अस्पताल लैजान आवश्यक ठानिएन। बिरामी थिए भने किन समयमा अस्पताल पुर्याइएन? यो खोजिको अनुसन्धानको बिषय छ। अकस्मात भित्र कुनै षड्यन्त्र त छैन? शंका गर्न सबैलाई छुट छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्