सशस्त्र प्रहरीको असई थमन विकको हत्या आरोपमा तीन पक्राउ
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन २। मधेश आन्दोलनको क्रममा भदौ २५ गते महोत्तरी जिल्लामा हत्या गरिएको सशस्त्र प्रहरीका असई थमन विकको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आईतबार सार्वजनिक गरेको छ ।यसरी सार्वजनिक गरिएकाहरुमा जलेश्वर नगरपालिका वडानं. ३ बस्ने २५ वर्षिय सञ्जय कुमार साह, जलेश्वर नगरपालिका वडानं. २ बस्ने वर्ष ३० का प्रदिप साह माझी र फुल्हट्टा परिकौली गाविस ३ हाल जलेश्वर नगरपालिका वडा नं. १७ का वर्ष ५५ का मोहन ठाकुर रहेका छन् ।
उनीहरुले आरोप नस्विकारेपनि अनुसन्धानको क्रममा उनीहरुको संलग्नता देखिएपछि समातिएको प्रहरी उपरिक्षक जनक भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिए । जिल्ला अदालतवाट ५ दिनको म्याद थपी अनुसन्धान जारी रहेको जानकारी दिँदै उनले भने, ‘अनुसन्धानको यो शुरुवात हो, यसमा अरु धेरेको संलग्नता हुन सक्छ, हामी अनुसन्धानलाई तीव्र बनाएका छौं ।’पक्राउ गरिएका उनीहरुमाथि कर्तव्य ज्यान तथा एम्बुलेन्समा आगजनी मुद्दा चलाईएको छ । सशस्त्र प्रहरीका सहायक प्रहरी निरिक्षक थमन विकलाई भदौं २५ गते आन्दोलनकारीहरुले एम्बुलेन्सबाट थुतेर घरेलु हतियार सहित कुटपिट गर्दै हत्या गर्नुका साथै एम्बुलेन्समा आगजनी समेत गरेका थिए ।
हेटौडामा रहेको एक परिक्षामा सहभागी भई सोही दिन बिहान साढे ८ बजे जलेश्वर आउनुभएका विकलाई कुटपिट गरिएपछि उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको थियो । टाउकोमा चोट लागेको उहाँको स्वास्थ्य अवस्था विग्रदै गएपछि अस्पतालकै एम्बुलेन्सबाट जनकपुर लाने निर्णयपश्चात जनकपुर लगिदै गर्दा बाटोमा रहेको अवरोधबाट बच्न ग्रामिण भेगबाट जाँदै गर्दा महोत्तरी गाविसको अनैठा गाविसमा आन्दोलनकारीहरुले एम्बुलेन्सलाई रोकेर आगजनी गदै उहाँलाई कुटपिट गदै हत्या गरेका थिए ।
यता यस घटनालाई मोर्चाका नेताहरुले वार्ता विथोल्ने षडयन्त्रको रुपमा लिएका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्माले एकातर्फ राज्यले वार्ता गरिरहेको र अर्कोतर्फ राजनीतिक प्रवृत्तिका मुद्दामा नेताहरुलाई पक्राउ गर्नु निन्दनीय भएको बर्ता । उहाँले तत्कालै राज्यपक्षले यस्ता घटनालाई रोकेर नेतालाई पक्राउ गर्ने कार्य वन्द गर्नुपर्ने माग गरे ।
तर, प्रहरी उपरिक्षक भट्टराईले भने मान्छे मार्ने कार्य अपराध रहेको बताउँदै यस कार्यमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याएर कारवाही गर्ने बताए ।