यस वर्ष सिरहामा आप बढ़ी फल्ने
Advertise Here Book Now

ऑनलाइन  सिरहा डटकम फागुन १६ । आप खेतीका लागी नीकै प्रख्यात सिरहाका कृषकले रूखमा मन्जरी अत्याधिक लागेको देखेर खुशिले गद्द गद्द भएका छान ।आपको राजधानी भनेर चिनिने सिरहामा यस वर्ष मनग्ये आप फल्ने संकेत देखिए पछि यहाका कृषक गद्द भएका छन । गत वर्ष ८०% आप उत्पदान्मा ह्रास आए पनी यस वर्ष अत्याधिक उत्पादन हुने किसानले विश्वास व्यक्त गरेका छन । आपको रूखको पात कतै पनी देखिदैन गुरुधामका माधव थपलिया भन्नुभयो आपको बोट मन्जरिले ढाकिएको छ । त्यसैले यस वर्ष उत्पादन निकै बढ़ने सम्भाना छ । मन्जरिमा किरा लाग्न नदीन चिकित्सकको सलाहअनुसार छर्किने उहाले बताउनु भयो । मन्जरी सप्रियो भने एक अर्बभन्दा बढ़ीको आप उत्पादन हुने सम्भावना रहेको जिल्ला कृषी विकास कार्यालय सिरहाको अनुमान छ । जिल्लामा चार हजार ७०० हेक्टर जगा आप खेतीको क्षेत्रफल रहेको कृषी विकास कार्यालय सिरहाका कृषी प्रसारण अधिकृत राम नारायण महतोले जानकारी दिनुभो । जिल्ला कृषी विकास कार्यालयको तथ्यांक अनुसार गत वर्ष सिरहामा साढ़े सात हजार मेट्रिक टन प्रतिहेक्टरको हिसाबले आप उतपादन भएको थियो भने यो वर्ष १७ हजार मेट्रिक टन प्रति हेक्टरको जग्गामा आप फल्ने कृषी प्रसार महतोको अनुमान छ । अन्य वर्ष पानी र हबाहुरी को कारण आपको मन्जरी झरयो र उतपादनमा ह्रास आउथियो तर यो वर्ष आपमा कुनै समस्या देखिएको छैन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्