किर्ते मुद्दामा फरार रहेका अभियुक्त २८ बर्ष पछि पकाउ
Advertise Here Book Now
राम नारायण पंडित, सिरहा, २८ माघ ।सिरहा प्रहरीले किर्ते मुद्दामा फरार रहेका एक अभियुक्तलाई २८ बर्ष पछि पकाउ गरेको छ । अदालतवाट कैद तथा जरिवाना सजाय भएका फरार अभियूक्तहरुको खोजतलाश गर्ने अभियान अन्र्तगत बुधबार
किर्ते मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पकाउ गरेको छ । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाको कमाण्डमा खटीएको प्रहरीको गस्ति टोलीले चन्द्रउदयपुर ६ वस्ने पदम बहादुर जिम्बाको ७७ बर्र्षीय छोरा राम लाल तामाङ्ग जिम्बालाई पक्राउ गरेको छ । जिल्ला अदालत सिरहाका मिति २०४४ असार ९ गतेको फैसलाले किर्ते मुद्दामा ६ हजार ५ सय जरिवाना सजाय भई फरार रहेका जिम्बालाई पक्राउ गरिएको छ । आफ्नै घरमा लुकीछिपी वसिरहेको अवस्थामा पक्राउ गरी जिम्बालाई आवश्यक कारवाहीको लागी जिल्ला अदालत सिरहामा बुझाउने तयारी भईरहेको छ ।