३५ सयका लागि घाँटी रेटेर हत्या
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम फागुन १९ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा संलग्न चार युवकलाई सार्वजनिक गरेको छ ।
प्रहरी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर हत्या आरोपी चारै युवकलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएकामा भलारी पिपलाडी नगरपालिकाका सुरज साउद, इन्द्रदेव भट्ट, प्रदिप महरा र कृष्णसिंह साउद रहेका छन् । उनीहरुले अवस्थीको घाँटी रेटेर हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान कलुवापुर स्थित न्यु बैतडी होटल एण्ड लजका सञ्चालक ४०वर्षीय अवस्थीको शव होटलभित्रै फेला परेको थियो ।
कञ्चनपुरका प्रहरी नायव उपरीक्षक केदार खनालले ३५ सय रुपैयाँका लागि मदिराको नशामा उनीहरुले अवस्थीको हत्या गरेका थिए । अवस्थीको हत्या गरेसँगै उनीहरुले काउन्टरमा रहेको ३५ सय रुपैयाँ लुटेर फरार भएका थिए ।