शान्तिसुरक्षामा जोड दिंदै गोलबजार प्रहरी सामाजिक अभिायनमा
Advertise Here Book Now
दिनेश्वर
गुप्ता लहान २२ फागुन । ईलाका प्रहरी कार्यालय गोलबजारले आफ्नो कार्यालयको
लागि जग्गा नहुंदा समस्या खेप्दै आएका थिए । तर, इन्स्पेक्टर सन्तोष
निरौला त्यस कार्यालयका ईचार्ज भएपछि ९ कठ्ठा १४ धुर जग्गा निःशुल्क उपलब्ध
गराएको छ । ईलाका प्रहरी कार्यालय विगत लामो समयदेखि टेकलाल सुडीको नाममा
रहेको जग्गामा कार्यालय संचालन गर्दै आएको थियो । यसमा पटक पटक विवाद
चर्किदै आएको थियो । यत्तिवेला प्रहरी कार्यालयकै नाममा जग्गा आएपछि
इन्स्पेक्टर निरौलाले कार्यालय व्यवस्थित गरिएको छ । कार्यालय व्यवस्थापन
हुंदै गएपछि नेपालका प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले गोलबजार
प्रहरीलाई निरिक्षण गर्दै २०७२ भदौ महिनादेखि मुद्दा चलाउंने निर्देशन
दिएको छ । गोलबजार ११ आशोपुर बलकावाका पवन पंजियार भन्छन्—‘इन्स्पेक्टर
निरौला यहां आएपछि धेरै नै परिवर्तन भएको छ । व्यक्तिगत नाममा रहेको जग्गा
प्रहरी कार्यालयलाई उपलब्ध गराएको छ । त्यतिमात्रै होइन् , पहिले मुद्दा
दर्ता तथा विशेष कार्यको लागि मिर्चैया प्रहरीमा जानु पर्थियो । अहिले
यस्ता कार्यहरु गोलबजार प्रहरीमै भइरहेको छ । पंजियार थप्छन् — निरौला
इस्पेक्टर गोलबजार आएदेखि शान्ति सुरक्षामा व्यापक वृद्धि भएको छ ।गोलबजार
प्रहरीमा हालसम्म २९ वटा दर्ता भएको छ भने अधिकांश लागुऔषधको रहेको हो ।
लागुऔषध, ज्यानमार्ने उद्योग, हातहतियार खरखजानालगायतको मुद्दा दर्ता भएको
गोलबजार प्रहरीले जनाएको छ ।
गोलबजार
प्रहरीको इन्चार्ज भएको १५ महिनामा इन्स्पेक्टर सन्तोष निरौलाले शान्ति
सुरक्षा र सामाजिक परिवर्तनको लागि दर्जनौ अभियानहरु संचालन गरिएको छ । यस
अवधीमा गोलबजार प्रहरीले अवैद्य मदिरा नष्ट, लागुऔषध गाजा नष्ट, फरार कैदी
अभियुक्त पक्राउ, घरेलु हिंसा न्यूनिकरणको लागि घरदैलो कार्यक्रम, सरसफाई
अभियान, शान्ति सुरक्षा कायम गर्नको लागि ठाउंठाउंमा सिसिटिवी क्यामरा
जडान, हातहतियार नियन्त्रण, विद्यालयहरुमा सचेतना कार्यक्रम, सडक नाटक,
स्वास्थ्य शिविर, तस्करी नियन्त्रणलगायत दर्जनौ अभियान गरेका छन् ।
सोहीक्रममा १ सय ५० क्यूफिट काठ बरामद समेत गरिएको गोलबजार प्रहरीले जनाएको
छ । सवारी साधनमा हार्न प्रेसर हटाउंने, अनटेस्ट गाडीमा नम्बर लगाउंने
अभियानकै रुपमा चलाइएको छ । शान्तिसुरक्षालाई कायम गर्नको लागि कसहा र
पुरानो चोहर्वामा पुलिस बिट स्थापना गर्न लगाइएको छ भने प्रहरी कार्यालयमा
प्रत्येक फांटमा कम्प्यूटर प्रणाली सेवा उपलब्ध गराइएको गोलबजार प्रहरीले
जनाएको छ ।
यसैबीच,
फरार कैदी पक्राउ अभियुक्त अभियान अन्तर्गत हालसम्म ४४ जनालाई पक्राउ
गरेका छन् । जस मध्ये कुटपिट १२ , लागुऔषध गाजा चरेश मुद्दाका ८, किर्ते
जलसाज तथा प्रतिलिपि अधिकार ७, चोरी डाका ६ , कर्तव्य ज्यान ४, जारी मुद्दा
३ , लेनदेन २, सवारी ज्यान १ र कम्प्युटर १ गरी ४४ अभियुक्तलाई सम्बन्धित
निकायमा पठाइएको छ । गोलबजार प्रहरीमा इन्स्पेक्टर निरौला प्रमुख भएर
आएपछि २०७२ जेठ ८ गते फरार अभियुक्त तैयब मियालाई पक्राउ गरेका थिए भने
जमदह ८ का चरेश मुद्दाका अभियुक्त जिवछ यादवलाई २०७२ फागुन २१ गते पक्राउ
गरेका छन् ।