कांग्रेसको नयाँ नेतृत्वका लागि पदाधिकारीसहित ६५ पदका लागि ३ सय पचहत्तर जनाको उम्मेदवारी
Advertise Here Book Now

नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि सभापतिदेखि सदस्यसम्मको पैसठ्ठी पदका लागि तीन सय पचहत्तर जनाले उम्मेदवारी दर्ता गराएका छन् । पदाधिकारीका लागि दश जनाले उम्मेदवारी दिएका छन् । पदाधिकारीका लािग सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्णबहादुर कार्कीको उम्मेदवारी परेको छ । यस्तै महिलातर्फ ६ केन्द्रीय सदस्यका लागि ४० जना, खुलातर्फ २५ का लागि ९४ जनाले मनोनयन दर्ता गरेका छन् । यस्तै जनजाती पुरुषतर्फ ३ केन्द्रीय सदस्यका लागि ५०, जनजाती महिलाबाट २ सदस्यका लागि १४ जनाले मनोनयन दर्ता गरेका छन् । दलित पुरुषतर्फ ३ सदस्यका लागि २१ जना र महिलातर्फ २ सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै मधेसी पुरुषतर्फ ३ सदस्यका लागि १८ र महिलातर्फ दुई सदस्यका लागि १० जनाको मनोनयन परेको छ । मुस्लिम १ सदस्यका लागि १० जनाले मनोनयन दर्ता गराएका छन् । १४ जना प्रदेश सदस्यका लागि १०२ जनाले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारको अन्तिम नामावली आज साँझ सात बजे प्रकाशित गरिने छ । निर्वाचन कार्यक्रम भने २३ गते बिहान ८ बजेदेखि ४ बजेसम्म राष्ट्रिय सभागृहमा हुनेछ । मतदान सकिएलगत्तै सभापतिको मत गणना सुरू हुनेछ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्