महोत्सव उद्घाटन गर्न आएका मन्त्रीलाई मोर्चाको कालो झण्डा
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम फागुन २२। तेस्रो प्राचीन कपिलवस्तु महोत्सवको उदघाटन गर्न आएका पर्यटन, संस्कृति तथा नागरिक उडय्यन मन्त्री आनन्द कुमार पोख्रेललाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् । मन्त्री पोख्रेल मञ्चमा आतिथ्यता ग्रहण गरेका समयमा मोर्चाका नेता तथा कार्यकर्ताले महोत्सवस्थल प्रवेशद्वारमा कालो झण्डासहित नाराबाजी गरेका थिए । वर्तमान सरकार जनविरोधी सरकार रहेको जनाउँदै मधेशका मुद्दा समेट्न नसक्ने सरकारका मन्त्रीलाई विरोध गर्न आफूहरुले सो कार्यक्रम आयोजना गरेको सदभावना पार्टीका जिल्ला अध्यक्ष रविदत्त मिश्रले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्