भेरी बगरमा के गर्दैछ चीन ? स्थानीय भन्छन्-गतिविधी शंकास्पद (तस्विर सहित)
Advertise Here Book Now
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEico3WWv2eiX0fAMMOycqPZdFTAdDtY4LsNkjB5bICtTOm0Biyt3loSg_gAQ_0OB_c6vvkTLOLID3VCwfWnhg3DsbahdQ0N961esjFBI4gYXgN94k4PdRt03tH0C5ak8gl147kkkJjkL7AL/s640/k+%25281%2529.jpg)
जाजरकोट जिल्लामा प्रवेश गरेको पाँच महिनामा पनि स्थानीय प्रसासनलाई ढाटी रहेका चिनीयाँ नागरिकहरुले काम रोकेको वाहाना वनाएर भित्रभित्रै मनपरि काम गरि रहेको स्थानीय कर्ण वहादुर शाहीले वताए ।
हचुवाको भरमा चिनीयाँहरुले व्यक्तिको निजी जमिनमा पनि मनपरि काम गरिरहेको उनले गुनासो गरे । चिनीयाँहरुले यति लामो समयसम्म विना अनुमती काम गरीरहेकोमा स्थानीय प्रसासनको कमजोरी रहेको र कुनै पनि कामको लागी प्रसासनको अनुमति विना केही गर्न नमिल्ने हुनाले चिनीयाँले कसरी काम गरयो पाँच महिनासम्म कुनै कारवाही नहुँदा अचम्म व्यक्त गर्छन भेरीका बासिन्दा ।
चिनियाँहरुले स्थानीयले विरोध गर्दा उल्टै हप्काउने, जंगलमा गाडी लगेर जथाभावी माटो खन्ने गरिरहेको स्थानीयको गुनासो छ ।
सुनखानीको उत्खनन् गर्न भन्दै अनुमति विना चिनियाँ प्राविधिकले सुन खानीको खोजतलास गरिरहेको भन्दै स्थानीय प्रशासनले काममा रोक लगाउने अवस्था आएको छ ।
चिनियाँ कम्पनीले सुरुमा खोजतलासको अनुमति पत्र भएको भनेर स्थानीय प्रशासनलाई झुक्याएपछि अन्ततः प्रशासनले रोक लगाएको हो ।
धरान–७ सुनसरीका वेगप्रसाद अर्यालको नामको खोजतलास अनुमति पत्रका आधारमा काम गरिरहेका चिनिया प्राविधिकले स्थानिय प्रशासन समक्ष आवश्यक कागजात पेश गर्न नसकेपछि काममा रोक लगाइएको छ ।
नविकरणको पत्र एक दुई दिनमै ल्याउछौं भन्दै लामो समयसम्म पनि नल्याएको हुँदा काममा रोक लगाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले वताए ।
नेपाल सरकारको अनुमति बिना हामी कसैलाई अवैध तरीकाले काम गर्न नदिने उनले बताए । कम्पनीलाई निगरानी गर्नको लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा एक टोली खोजतलास स्थलमा खटाईएको प्रहरी प्रमुख मल्लले बताए । चिनियाको गतिविधि हेर्दा निकै शंकास्पद देखिएकाले आफुहरुले निगरानी बढाएको उनले बताए ।
चिनियाँ प्राविधिक टोलीले अनुमति विनै डेढ सय फिट जमिन मुनि ड्रिल गरेर निकालिएका विभिन्न खनिज तथा कंक्रिटहरु चीन पठाएर आवश्यक अन्नुसन्धान गरिरहेको थियो । कुनै पनि विदेशी नागरिकलाई खानीको खोजतलास तथा उत्खनन् कार्यका लागी अनुमति दिन नमिल्ने प्रावधान रहेको छ ।
खानी तथा भुगर्भ विभागवाट खोजतलासको अनुमति लिएका फरक–फरक नेपाली कम्पनीका नामबाट चिनियाँले स्थानीय प्रशासनलाई झुक्याउने गरेको पाईएपछि आवश्यक कागजात कडाईका साथ हर्न प्रहरीलाई निर्देशन दिईएको र आवश्यक कागजात नपुगेको पाईएपछि खोजतलासमा रोक लगाईएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।
गत पुसमा पहिलो पटक जाजरकोट आईपुगेको चिनियाँ टोलीले धर्मश्री नामक कम्पनीको नामबाट खोजतलासको अनुमति लिएर आएको जनाएको थियो । केही समय पछि स्थानीय प्रशासनले कागजात सहित उपस्थित हुन टोलीलाई निर्देशन गरेपछि उक्त कम्पनीको पनि नविकरण नभएको पाईएको थियो । प्रशासनले रोक लगाए पनि चिनीयाँ प्राविधिकहरुले अटेर गरेर काम गरि रहेका थिए ।
खानी तथा भुगर्भ विभागले दिएको खोजतलास अनुमति पत्रमा जाजरकोट खलंगा अन्तर्तगत ११ दशमलब ७० बर्गकिलोमिटर क्षेत्रफलमा मात्र खोजतलास गर्ने भन्ने उल्लेख छ । तर नियम विपरीत टोलीले भेरीमालिका नगरपालिका स्थित भेरीनदीका धेरै बगरहरुमा खोजतलास गर्ने गरेको थियो ।
सरकारलाई ढाटेर काम गरि रहेको चिनीया टोलीले ४ अर्बको लगानी गरेको तथा ३ करोडको सामानहरु धल्लामा ल्याएका काममा सलग्न एक नेपाली बताउंछन ।
कामका वारेमा कसैलाई पनि कुनै जानकारी तथा सुचना नदिन दवाव दिने गरेको उनले बताए । १९ नेपाली मजदुर तथा २२ जना चिनीयाँ नागरिकहरु खोजतलास कार्यमा संलग्न रहेका छन् ।