सिंहदरबार घेराउको औचित्य छैनः गच्छदार
Advertise Here Book Now



काठमाडौं, जेठ ३ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सिंहदरबार घेर्नुको औचित्य नभएको बताएका छन् ।

आज विहान विराटनगर विमान स्थलमा पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले सो कुरा बताएका हुन् । मुख्य प्रसाशनिक निकाय घेराउ नभएर संविधान संशोधनबाट अधिकार प्राप्तहुने मन्त्री गच्छदारले बताए ।

गच्छदारले आन्दोलन छाडेर वार्ता सम्बादमा आए समस्या समाधान हुनसक्ने बताएका छन् । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष समेत रहेका गच्छदारले आन्दोलनलाई दमन गर्ने सरकारको योजना नरहेको जनाए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्