सर्वोच्च अदालतमा हाजिर हुन प्रचण्ड तयार
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम जेठ १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालतमा हाजिर हुने भएका छन । उनले अदालतमा आफ्ना निजि वकिल पठाउने भएका हुन । अदालतको अवहेलना एवं मानहानी सम्बन्धि परेको मुद्दामा लिखित जवाफसहित तीन दिनभित्र उपस्थित हुन सर्वोच्चले आदेश दिएपछि उक्त आदेशको सम्मान गर्दै प्रचण्ड विहीबार अदालतमा आफ्ना उत्तराधिकारीका रुपमा वकिल पठाउने प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ ।‘अध्यक्ष प्रचण्डले अदालतलाई सम्मान गर्नुहुन्छ र त्यसै अनुसार अदालतको प्रक्रियामा सहयोग गर्नुहुन्छ,’ सचिवालयका एक सदस्यले भने । मंगलबार कायममुकाय प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित तीन दिनभित्र उपस्थित हुन आदेश दिएको थियो । द्वन्द्वकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई अदालतले फँसाउन खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले उनीविरुद्ध जेठ ३ गते मुद्दा दर्ता गराएका थिए । वैशाख ३१ गते राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले ‘अदालतले शान्ति सम्झौता विपरित काम गरेको र दिउँसै रात पार्न खोजेको’ भन्ने अभिव्यक्ति दिएका थिए । अदालतको अवहेलना तथा मानहानी मुद्दामा १ वर्ष जेल र ५० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्