‘मधेशीले आन्दोलनबाट नै आफ्नो अधिकार सुनिश्चित गर्न सक्षम’
Advertise Here Book Now

दिनेश्वर गुप्ता । लहान, २९ बैशाख । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेश आन्दोलनलाई निस्तेज पार्न सरकारले वार्ताको जाल फालेको हो भन्दै आन्दोलन कुनै पनि हालतमा नरोकिने सिरहाको चोहर्वामा पार्टी प्रवेश कार्यक्रममा उहांले बताउंनुभयो । मधेश र मधेशीले आन्दोलनबाट नै आफ्नो अधिकार सुनिश्चित गर्न सक्षम रहेकोले यो सरकार डराएर वार्ताको पत्र काटिएको हो यसको कुनै औचित्य नरहेको अध्यक्ष महतोले बताउंनुभयो । अध्यक्ष महतोले चैत्र र वैशाखमा आन्दोलन स्थगित रहँदा वार्ताप्रति कुनै चासो नलिएको सरकारले जेठ २ गतेदेखि अर्को चरणको आन्दोलनको अन्तिम तयारी गरिरहँदा वार्ताको पत्र पठाउनु सरकारको वार्ताप्रतिको इमान्दारितामा खोट रहेको दावी गर्नुभयो । अवको आन्दोलनमा राज्य पक्षबाट बल प्रयोग भए आन्दोलनको स्वरुप होइन् आन्दोलनकारीको रुप परिवर्तन हुने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चेतावनी दिएका छन् । सिरहाको चोहर्वा र महेशपुर पतारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहांले यसअघिको आन्दोलनमा सरकारले बल प्रयोग गर्दा अन्तर्राष्ट्रिय रुपमा सरकारको बदनामी भएको बताउँदै अव बल प्रयोग भए आफुहरुले आन्दोलनको स्वरुप परिवर्तन नगरी आन्दोलनकारी कै रुप परिवर्तन हुन सक्ने बताए । महतोले राज्य जती तयारी र अवरोध गरेपनि जेष्ठ दुई गते सिंहदरवार घेराउ गर्ने बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै महतोले जेष्ठ २ गते सरकारले बल प्रयोग गरे परिणाम ठिक नहुने र आन्दोलन अर्कै रुप लिने समेत चेतावनी दिए । देशमा बराबरको हक र अधिकार नदिएकै कारण वर्तमान अवस्थाको सिर्जना भएको भन्दै उहांले जनताबीच भएको विभेद नै समस्याको जड रहेको बताए । उहांले एकलाख तीन हजार सेनामा मधेशी युवाको सहभागिता नभएसम्म लडाई जारी रहने बताए । मधेशी जनताले मधेश प्रदेश माग्दा जानीजानी मधेशको भुमि पहाडमा मिसाएर वर्तमान खस बाहुल्य राज्य सत्ता मधेशी उपर दमन गर्ने योजना तहत संविधान बनाएको उहांले बताउंनुभयो । कार्यक्रममा हजारौंको संख्यामा अन्य पार्टी परित्याग गरी सदभावनामा प्रवेश गरेका छन् । सिरहाको चोहर्वामा रामनारायण यादवलगायत पांच सय बढी सद्भावनामा प्रवेश गरेका छन् । यसैगरी सिरहाको महेशपुर पतारीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महेशपुर पतारी गाविसका पूर्व उपाध्यक्ष एवं नेपाली काँग्रेसका जिल्ला सदस्य रामनारायण मण्डल, महेशपुर पतारी गाविस भूपू अध्यक्ष राम बल्लब साह, मझौरा गाविसका भूपू अध्यक्ष बसन्त यादवलगायत पांच सय बढी बिभिन्न पार्टी परित्याग गरी सदभावना पार्टीमा प्रवेश गरेको सद्भावना पार्टीका सिरहा जिल्ला अध्यक्ष रामबहादुर महतोले बताएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्