महाधिवेशनको मुखैमा सशांकले ज्ञानेन्द्रलाई भेटेर के भने ?
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम वैशाख ३० । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मुखैमा महामन्त्री जितेका डा. सशांक कोइरालाले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेका थिए ।केही दिन अघिमात्र निर्मलनिवास पुगेका ज्ञानेन्द्र र सशांकबीच के कुरा भयो भन्ने खुल्न नसके पनि स्रोतले हिन्दुधर्म र राजसंस्थाको विषयमा कुराकानी भएको हुनसक्ने बताएको छ ।हिन्दुधर्मका पक्षमा बोल्ने मत पनि सशांकले पाएको बुझिएको छ । नेपाली कांग्रेसभित्र राजसंस्था चाहिन्छ भन्नेको संख्या अझै पनि रहँदै आएको छ । विपी कोइरालाका कान्छा छोरा सशांक चिकित्सा क्षेत्रबाट राजनीतिमा आएका हुन् । कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि गोप्य भेटघाट गरेका थिए । उनले मतदातासँग भोट नै नमागी महामन्त्री जितेका हुन् । ‘उभिएर नमस्ते गर्दै पनि भोट माग्ने हो भने जति भनेपनि मानेनन् ’ उनीनिकटले भने ‘ सबैको राम्रो समर्थनले उहाँले जित्नुभयो, अब जनता र पार्टीको काम गरेर अर्कोपटक सभापतिको लागि तयारी गर्नुपर्छ । ’उनी नवलपरासी –१ बाट दुईपटकसम्म जितेका सांसद पनि हुन् । कांग्रेसको गत चैत्र २० देखि २४ सम्म १३ औं महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला अलग –अलग समूह बनाएर महाधिवेशनमा गएका थिए । देउवाले महामन्त्रीमा अर्जुननरसिंह केसी र सिटौलाले गगन थापालाई महामन्त्रीमा उठाएका थिए । केसी र थापा आफ्नै ससुरा–ज्वाई हुन् । देउवाले कोषाध्यक्षमा चित्रलेखा यादव र पौडेलले सितादेवी यादव र सिटौलाले उमाकान्त चौधरीलाई उठाएका थिए , वर्तमान कोषाध्यक्षलाई सितादेवीले नराम्ररी हराएकी थिइन् । स्वतन्त्र उठेर कोषाध्यक्षमा पराजित कृष्ण कार्कीबाहेक सबै पदाधिकारीका उम्मेदवारलाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरिसकेका छन् ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्