आखिर किन फेरी नेपाल सरकार दिल्ली जान्न लागे?
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम जेठ ७ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पुनः भारतको भ्रमण गर्ने भएका छन् । नेपाल र भारतबीच चिसिरहेको सम्बन्ध सुधारको लागि भन्दै उनी भारत जान लागेका हुन् । परराष्ट्रमन्त्री भएयता उनी चौथो पटक भारत जान लागेका हुन् । दक्षिण एसिया विश्व विद्यालयको दिक्षान्त कार्यक्रममा सहभागिताको लागि उनको यो भ्रमण हुन लागेको भए पनि विशेष गरि सम्वन्ध सुधारकै लागि उपयोग गर्न लागिएको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो । दिक्षान्त सम्मेलन अगामी २९ गते रहेको छ । त्यसमा सहभागी हुन एक दिन अघि उनी दिल्ली जाने प्रारम्भिक तयारी रहेको अधिकारीहरुले बताए । दिल्लीमा दुई दिन उच्चस्तरको राजनीतिक भेटघाट गरेर उनी मुम्वई जाने कार्यक्रम बनिरहेको ति अधिकारीले बताए । मुम्वइमा ‘गेटवे अफ इन्डिया डाइलग’ मा प्रवचन दिने कार्यक्रम समेत रहेकेा छ । राष्ट्रपति विद्यादेवि भण्डारीको भ्रमण स्थगन, त्यसलगत्तै राजदूत दिप कुमार उपाध्यायलाई फिर्ता लगायतको विषयले चिसिएको सम्वन्धलाई सुधार गर्न उनको भ्रमण तय हुन लागेको हो । यसअघि उनी शनिबार टर्की जाने तयारीमा छन् । राष्ट्रसंघको मानविय विश्व सम्मेलनमा सहभागि हुन उनी टर्की जान लागेका हुन । सम्मेलन सोमबार र मंगलबार हुनेछ । सम्मेलन सकेर उनी टर्कीबाटै इजरायल जाने र त्यहा उच्चस्तरको भेटघाटमा सरिक हुनेछन । इजरायलमा परराष्ट्र सचिव स्तरीय दुइृपक्षीय सयन्त्र सम्वन्धी सम्झौता हुने भएकोले उनको भ्रमण हुन लागेको हो । दुवै देशको परराष्ट्रमन्त्रीको उपस्थितीमा त्यो संयन्त्रको हस्ताक्षर सचिव स्तरीय हुने कार्यक्रम छ । दुईपक्षीय संयन्त्र बनेमा नेपाल इजरायल सम्वन्धका विभिन्न पक्षबारे छलफल हुन सक्नेछ । हरेक बर्ष एक अर्का राजधानीमा आलोपालो बैठक बस्नेछ । त्यहाँ उनले उच्च नेतृत्वलाई भेट्ने नेपाली केअर गिभरलाई जतिसक्दो छिटो त्यहाँ पठाउने बातावरण बनाउने, कृषिमा लगानी भित्र्याउन पहल गर्ने जस्ता कार्यक्रम बनेको परराष्ट्र अधिकारीले बताए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्