संघीय गठबन्धनबाट भोलि काठमाडौंमा जनप्रदर्शन (विज्ञप्ति सहित)
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम बैशाख ३१ । संघीय गठबन्धनले संयुक्त राष्ट्रिय आन्दोलनमा सहभागी हुन सबैसँग आह्वान गरेको छ । गठबन्धनले आज काठमाडौंमा पत्रकार गरी जेठ १ र २ गते काठमाडौंमा हुने आन्दोलनका कार्यक्रम र नाराहरू सार्वजनिक गर्दै यस्तो आह्वान गरेको हो । जसअनुसार जेठ १ गते काठमाडौंको रत्नपार्कमा दिउँसो ३ बजे जनप्रदर्शन गरिनेछ । त्यस्तै, जेठ २ गते सिंहदरबार घेराउ गर्ने कार्यक्रम छ । यसका साथै गठबन्धनले आन्दोलनका नाराहरू पनि सार्वजनिक गरेको छ । गठबन्धनले निकालेको विज्ञप्तिमा आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण तथा अहिंसात्मक हुने जनाइएको छ । आन्दोलनमा दमन गरिए उत्पन्न हुने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी पनि गठबन्धनले दिएको छ । गठबन्धनमा मधेशी मोर्चासहित २९ पार्टी छन् । गठबन्धनबाट बैशाख ३१ गते निकालिएको विज्ञप्ति :

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्