देश विखण्ड हुने उपेन्द्र यादवको चेतावनी : ‘प्रधानमन्त्रि ओली मुख्य दोसी’
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम जेठ ६ । मधेशी जनजाती दल–समुह सम्मलित संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले प्रधानमन्त्रि केपि शर्मा ओलीको अहकारवादी रवैयाकै कारण मूलुक बिखण्डन तिर जाने चेतावनी दिएका छन । ‘केपी ओलीको अंहकारको कारण देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । उनले भने ‘अहिले सत्ताको अहंकारले उनी थप अहंकारी बनिसकेका छन ।’ शासकवर्गको अहंकारका कारण देश विखण्डतिर लम्किरहेको बताउदै उनले भने ‘ओलीको बोलीले नै अब अलगै देशका लागि गोली निस्किने छन’ । बुधवार गठबन्धनले राजधानी स्थित शान्तिबाटिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै यादवले भारत, पाकिस्तान र सोभियत संघ शासककै अहंकारका कारण टुक्रिएको उदाहरणदिँदै नेपाल पनि त्यही पथमा अघि बढिरहेको बताए । संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले भने, ‘भारतीय शासकको अहंकार कारण देश टुक्रिएर पाकिस्तान बन्यो, पाकिस्तानका शासकको अहंकारको कारण बंगलादेश बन्यो, सोभियत संघ पनि त्यही कारणले टुक्रा टुक्रा बन्यो ।’ सत्ताकै लागि सुपर फास्ट ट्रयाकमा संविधान बनाएको र अहिले त्यही सत्ताको आडमा अंहकार देखाइराखेको उनले बताए । ‘प्रचण्डलाई सत्ता, सुशील कोइरालालाई राष्ट्रपति, ओलीलाई प्रधानमन्त्री बन्न थियो । त्यही भएर फास्ट ट्रयाकमा संविधान ल्याइयो,’ उनले अरोप लगाए । बुधवार निकै आक्रमक रुपमा प्रस्तुत भएका यादवले महाभारतको उदाहरण दिँदै पाँच पाण्डवले मात्र पाँचवटा गाउँ माग्दा त्यो नदिँदा ठूलो युद्ध भएको स्मरण समेत गराए । उनले नेपालको इतिहासमा नै पहिलो पटक सबै उत्पीडित समूदाय एकजुट भएर लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले वेवास्ता गरेकोमा दुःख व्यक्त गरे । तर, यसरी वेवास्ता गरिरहे ठूलो विद्रोह हुने उनले चेतावनी दिए । ‘हामीले सकेनौं तर आगामी पुस्ताले अवश्य त्यो गर्नेछ ।’ सरकारले वार्ताको लागि पठाएको पत्रबारे टिप्पणी गर्दै उनले संविधान पुनर्लेखनको सुनिश्चितता नभएसम्म वार्तामा नबस्ने स्पष्ट पारे । चिया बिस्कुट खान होइन, पुर्नलेखनका लागि वार्ता उनले सरकार संविधान पुनर्लेखन गर्न तयार भएमात्र वार्तामा जाने बताउदै मधेसी र आदिवासी जनजाति समुदायको गठबन्धनले चिया बिस्कुटकालागि वर्ता गर्न नजाने बताए । यादवले सरकार संविधान पुनर्लेखन गर्न तयार नभएसम्म आन्दोलन जारी राख्ने बताए । प्रधानमन्त्रीले वार्तामा बोलाए पनि उनले प्रश्न गर्दे भने ‘वार्ता के का लागि, के सरकार संविधान पुनर्लेखन गर्न तयार छ, छ भने वार्ताको कुनै अर्थ छ, नभए किन बस्नु वार्तामा ?’ अहिलेसम्म सरकारसँग ३६ पटक वार्तामा बसेको भन्दै यादवले सरकार जिम्मेवार भएको भए उहिल्यै माग सम्बोधन हुनुपर्ने बताए । ‘अहिलेसम्म ३६ पटक वार्तामा बसियो, जिम्मेवार सरकार भएमात्र जनताको माग पूरा हुन्छ’ यादवले भने ’३६ पटक वार्तामा बस्दा पनि सरकार माग नै बुझेको छैन भन्छ, अब विद्रोहको भाषा मात्र बुझ्छ ।’ सरकारसँगको वार्तालाई चिया बिस्कुट खाने थलोको संज्ञा दिँदै उनले भने ‘चिया बिस्कुट खान किन जाने, बजारमा किनेर जति पनि खान सकिन्छ ।’ यादवले संविधानमा भएका गलत प्रावधान हटाउन संविधानको पुनर्लेखन नै गर्नुपर्ने अडान दोर्होयाउदै संविधानले मधेसी, आदिवासी जनजाति, दलित, खस र सीमान्तकृत समुदायका ८५ प्रतिशतलाई संबोधन नगर्ने भन्दै उनले ती समुदायको अधिकार उल्लेख गर्न पुनर्लेखन गर्नुपर्ने बताए । ‘जहाँ जहाँ गलत प्रावधान छ त्यसलाई सच्याउँ यही हो पुनर्लेखन’, यादवले भने ’यदि पुनर्लेखन नगरे जनविद्रोहले संविधान बर्खास्त गर्छ र अर्को संविधान लेख्छ ।’ कार्यक्रममा संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिंदेनले संघीय गठबन्धनमा रहेका दलहरुको संगठन अनुहार र समुदाय फरक भएपनि पीडा एउटै भएकाले संगै आन्दोलनमा उत्रिएको बताए । ‘यो एकता १० वर्ष पहिले हुनुपर्थ्यो,ढिलै भएपनि हामी एक ठाउँमा आइपुगेका छौं’ उनले भने ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको ब्यवस्थापन भद्रगोल
 

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्