जनकपुरधाममा मदिरा (दारु) विक्रीमा रोक लगाउने तयारी
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम बैशाख २४ । धार्मिक नगरी जनकपुरधाममा सार्वजनिक रुपमा मदिरा विक्रीमा रोक लगाउने तयारी भइरहेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाको पहलमा सार्वजनिक रुपमा बेचिने मदिरा तथा मान्स जन्य पदार्थ विक्री वितरण तथा ओसारपसारमा रोक लगाउन स्थानीय सरोकारबालाहरुसँग छलफल भएको छ ।विहीबार धनुषा प्रहरीले जनकपुरधाममा संक्रीय संघ–संस्था, युवा क्लव तथा सरोकारवालाहरुसँग छलफल गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयको सभा हलमा अपराधरहित समाज निर्माणमा युवा प्रहरीको भूमिका विषयमा छलफल गर्दै मदिरा निषेध गर्ने विषयमा पनि छलफल भएको छ । छलफलमा सहभागीहरुले मदिरा विक्री नियन्त्रणका लागि एक्यबद्धता समेत जनाएका छन् ।धनुषाका एसपी रामदत्त जोशीको अध्यक्षतामा भएको छलफलमा दाईजो तथा बालविवाह जस्ता विकृति नियन्त्रणका लागि समन्वय गर्ने र जनचेताना मुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यस्तै अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग र समन्वय गर्ने निष्कर्ष पनि निकालिएको छ । लागु औषध नियन्त्रणका लागि विद्यालय केन्द्रीत कार्यक्रमलाई प्रोत्साहन दिने निर्णय पनि भएको छ । धनुषासँगै जोडिएको भारतको विहार राज्यमा मदिरा विक्रीमा रोक लगाइएपछि यस जिल्लामा भारतीय जँडियाहरुको आवागमन बढ्न सक्ने देखिन्छ । धनुषामा खुल्ला रुपमा मदिरा विक्री गरिए भारतीय क्षेत्रका अपराधमा सक्रियहरुले अन्य क्षेत्रमा पनि असर पार्न सक्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्