सिरहामा माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु
Advertise Here Book Now
जेठ ८, लहान । सिराहामा माटोको ढिस्कोले पुरिएर शुक्रबार बेलुका दुई महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा सिरहाको सुखीपुर नगरपालिका–६ सिलौरापछवारी निवासी ३४ वर्षीया छेकनी मुखिया र सोही ठाउँकी ३४ वर्षीया सञ्जीना खातुन रहेकोजिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिलौरापछवारीकै ४० वर्षीय रामसुनार मुखिया घाइते भएकी छन् । उनको स्थानीय अस्पताल उअपचार भईरहेको छ ।
साँझ ६ बजेतिर घर नजिकै रहेको खेतमा घर पोत्ने माटो लिन गएका उनीहरु माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।