आन्दोलनकारी माथि प्रहरी हस्तक्षेप, लाठी प्रहार गर्दा दर्जनौं घाइते, पाँच अस्पताल भर्ना
Advertise Here Book Now
काठमाडौं, ३ जेठ । संघीय गठबन्धनले आह्वान गरेको सिंहदरबार घेराऊको दोस्रो दिन सोमबार प्रहरीको आक्रमणमा परी गठबन्धनका दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएका छन् । प्रहरी लाठीचार्जले गम्भीर घाइते बनेका तीन जनालाई वीर अस्पतालको ट्रामा सेन्टर लगिएको छ । माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिइरहेका गठबन्धनका कार्यकर्ताहरुले बोकेको झन्डा र व्यानर प्रहरीले खोस्न खोजेपछि करिब सवा दश बजे झडप भएको छ । झडपमा प्रहरीले लाठी चार्ज गर्दा दर्जनौं नेता तथा कार्यकर्ता घाइते भएको समाजवादी युवा फोरमका महासचिव अजयकुमार यादवले जानकारी दिए । शान्तिपूर्ण धर्ना बसिरहेका गठबन्धनका नेता तथा कार्यकर्तामाथि प्रहरीले बिना कारण अचानक आक्रमण गरेको यादवले बताए । युवा फोरमका केन्द्रीय सदस्य नितेश लिम्बूसहित गम्भीर घाइते भएका पाँच जनालाई अस्पताल लगिएको छ ।
त्यस्तै घाइते हुनेहरुमा संघीय प्रेस फोरमका सुकदेव चामलिङ, फोरम नेपालका केन्द्रीय सदस्य विष्णु जंग बस्नेत, राजेन्द्र खनाल, कृष्ण घलान, मजदूर नेता दयाराम राई, विद्यार्थी नेता दिपेश यादव, सुवास लाबू र फोरम नेपाल सप्तरीका जिल्ला सचिव शिवशंकर यादवमाथि लाठी चार्ज गरी प्रहरी घाइते बनाएको छ । प्रहरीको लाठी चार्जले माइतीघर मण्डलाको अवस्था तनावपूर्ण बनेपनि अहिले सामान्य छ । गठबन्धनको शान्तिपूर्ण धर्ना र प्रदर्शन भने जारी छ । source:Todaykhabar
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgUrF87su7-ZC4XPH-L1FplaOvJIbw9GHM2e5VJ5Adf3L8yW9ramJQZQK5EJgLSaZcrB18WR-pMtrDaXk97WwWf32FJONV_4RDq4aqYG70dd9SNRieD-SzqD_ST-e7lIGSa0uaHZbghyphenhyphenAtO/s640/lol.jpg)