वार्ता बारे औपचारिक जानकारी आए औपचारिक जवाफ दिन्छौं : महतो
Advertise Here Book Now

काठमाडौं ७ जेठ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलतरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनलाई वार्तामा आउन आह्वान गरेको छ ।
तर मोर्चाका नेताहरुले आफुहरुलाई औपचारिक जानकारी नआएको बताउँदै जानकारी आएको खण्डमा सरकारलाई औपचारिक जवाफ दिने बताएका छन् ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले वार्ताको नाउँमा बारम्बार नाटक गर्दै आएकोले अव ठोस कुरा हुने बताए ।
उनले यसअघि पनि सरकारले आवह्वान गरेको र त्यसमा औपचारिक धारणा दिइएको बताउँदै महतोले अव पनि पत्र आए त्यस्तै जवाफ दिने बताए ।
महतोले मोर्चाभित्र छलफल गरेर अवको रणनीति तय गर्ने तयारी पनि भइरहेको बताए ।
शुक्रबारको मन्त्रिपरिषद् बैठक पछि सुचना तथा सञ्चार मन्त्री शेरधन राईले आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारले आह्वान गरेको बताएका छन् ।
स्रोत :हुलाकी न्यूज

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्