मधेशीहरुले चार पटक सिंहदरबार घेर्दा पनि अधिकार पाएनन्
Advertise Here Book Now

काठमाडौं ८ जेठ । मधेशीहरुले चार–चार पटक सिंहदरबार घेर्दा पनि अधिकार नपाएको वरिष्ठ पत्रकार सुकेश्वर पाठकले बताएका छन् ।
शनिबार एक कार्यक्रममा हुलाकी न्यूजसँग कुराकानी गर्दै पत्रकार पाठकले अहिलेभन्दा पचिस वर्ष पहिले पनि मधेशीहरुले सिंहदरबार घरेको बताउँदै अहिलसम्म अधिकार नपाएको बताए ।
पाठकले २०४७ साल पुस २९ गते स्व.गजेन्द्र नारायण सिंहको नेतृत्वमा पहिलो पटक मधेशीहरुले सिंहदरबार घेरेको स्मर्ण गर्दै त्यसबेला सिंहले कुटाईसमेत खाएको बताए ।
gajendra_babu
पाठकले त्यसबेला करिब डेढ सय मधेशी कुटिएको र घाइते भएको बताए ।
त्यस्तै मधेशी पेसाकर्मीहरुको आरक्षणको माग गर्दै काठमाडौंमा कपाल काट्ने नाईहरुले २०६३ सालमा सिंहदरबार घेरेका थिए ।
उनीहरुलाई सरकारले वास्ता गरेको थिएन ।
त्यस्तै मुक्त कमलरीहरुले केही वर्ष पहिले सिंहदरबार घेर्दा कुटिएका थिए । उनीहरुको उपचार अन्नपूर्ण न्यूरो अस्पतालमा भएको थियो । मुक्त कमलरीहरुलाई रोजगारको व्यवस्थाको माग गर्दै उनीहरुले सिंहदरबार घेरेका थिए ।
Kamlari_girls_protesting_in_Kathmandu_Grid7
त्यस्तै अहिले संघीय गठबन्धनले सिंहदरबार घरेको बताउँदै पाठकले यसलाई पनि सरकारले वेवास्ता गरेको बताए । पाठकले चार चार पटक सिंहदरबार मधेशीले घेर्दा समेत सरकारले अहिलेसम्म कुनै माग पुरा नगरेको बताए ।                                                                                                                Source:Hulakinews

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्