तलब नपाएपछि नेपाली कामदार हडतालमा
Advertise Here Book Now
जेष्ठ ६, २०७३- तीन महिनासम्म तलब नपाएपछि इल्युसिड कम्पनीमा कार्यरत १ सय ८५ नेपालीले एक महिनादेखि काम गर्न छाडेका छन् । त्यस कम्पनीमा भारतीय र बंगालीहरु पनि काम गर्छन् । 'हामी अपि्रल १० देखि काममा जान छाडेका छौं', नेपाली दूतावासमा उजुरी दिन आएका सोलुखुम्बुका पासाङ शेर्पाले भने, 'सधै तलब लिनुपर्ने बेलामा २/४ दिन काम रोक्नैपर्छ ।'
कम्पनीले विगतमा हड्ताल गर्दा तलब दिएर काममा लगेको थियो । यसपालि तलब दिन नसकेपछि काममा फर्काएको छैन । 'गएको फेब्रुअरीपछि तलब पाएका छैनौं,' १७ महिनादेखि त्यस कम्पनीमा कार्यरत प्यूठानका अमरसिंह घर्ती मगरले भने ।
उनीहरूलाई खान पनि समस्या परेको छ । 'दुई महिनामा सय रियाल मात्रै खानाका लागि पाएका छौं,' उनले भने, 'त्यतिले खान नपुगेपछि साथीभाइसँग सापटी लिनु परेको छ ।'
उक्त निर्माण कम्पनीमा ८ महिनादेखि १८ महिनासम्म काम गर्ने नेपाली छन् । 'धेरैको ऋण बाँकी नै छ । केही पैसा जोगाउन सकिन्छ कि भनेर बसेका छौं । कम्पनीले नियमित तलब दिए त काम गथ्र्यौं', मगरले भने, 'तलब नदिएपछि काम मात्रै गरेर हुँदैन रहेछ ।'
हडतालमा रहेकामध्ये स्वदेश फिर्नका लागि ४० जनाले 'क्यान्सिल पेपर' का लागि निवेदन दिइसकेका छन् । 'उनीहरूलाई कम्पनीले पठाएको छैन,' उनले भने । त्यस कम्पनीमा डाइभर, लेबर, कारपेन्टर, स्टिल फिक्चर लगायतका काममा नेपाली छन् । दूतावासले उनीहरूको समस्या समाधानका लागि कम्पनीसँग पहल भइरहेको जनाएको छ । धेरै जसो कामदार सूर्य इन्टरनेसनल, एनआरसी म्यानपावरबाट आएका हुन् । 'मेरो १५ हजार रियाल तलब बाँकी छ,' शेर्पाले भने, 'बरु अरू कम्पनीमा काम गर्न रिलिज पाए पनि जानुहुन्थ्यो ।' नेपाली दूतावासका एक अधिकारीले भने 'हामी यो विवादलाई मिलाउने प्रयासमा छौं ।' स्रोत ;ईकान्तिपुर
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi4SjHiPwp3zj9PWsOmDUUt37xH7lDilKY-HvN0A0W8Wk1timanWpzsxvOYihWn8EjTG9wPRLQpQwXZDrRd9Fbm7YKT21UO1aX3r288Lw0OrQDkp9Ax3OJtclVLdtCWlB9jCuJJ8yz4u_33/s640/19052016065634qatar-1000x0.jpg)